फेसबुक प्रोफाइल फोटोमा नेपाली झण्डा यसरी राख्नुहाेस्


अहिले नेपाली फेसबुक प्रयोगकर्ताहरुको फेसबुक प्रोफाइल फोटोमा नेपालीपन झल्केको देख्न सकिन्छ। आफ्नो फेसबुक प्रोफाइल फोटोमा नेपाली झण्डा राख्ने होड अहिले सबै नेपाली फेसबुक प्रयोगकर्ताहरुमा रहेको छ।
यो एप्लिकेशन आएको मात्र तीन दिन भयो। तीन दिन मै यो एप्लिकेशन यति प्रख्यात भयो कि मात्र तीन दिनमा यसले २२ हजार लाइक्स पाएको थियो। यही एपका कारण अहिले नेपालीहरुले आफ्नो प्रोफाइल फोटोमा राष्ट्रियताको भाव झल्काउन सकेका छन्।
यो एप्लिकेशन २० बर्षिय सुवास पाठकले बनाएका हुन्। उनी एक सफ्टवेयर डेभ्लपर हुन्।
अहिले भइरहेको नेपालको स्थितिमा राष्ट्रियता झल्काउन फोटोसपका मद्दतले उनले आफ्नो प्रोफाइल फोटोमा नेपालको झण्डा राखेको थिए। सबै साथीहरुले पनि फोटोसपका मद्दतले आफ्नो प्रोफाइल फोटोमा पनि नेपालको झण्डा राख्न उनलाई आग्रह गरे।
सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘एक एक गरेर सबैको फोटोकमा नेपालको झण्डा राख्न असम्भव थियो। यहि कुराले गर्दा मलाई यो एप्लिकेशन बनाउने सोच आयो र २ घण्टामै मैले यो एप्लिकेशन तयार पारँे। यो एप्लिकेशन यति धेरै लोकप्रिय हुन्छ भन्ने कुरा मैले सोचेको पनि थिइन,’।
हाल यो गुगल क्रोम र मोेजिला फायरफक्समा उपलब्ध रहेको छ।
आफ्नो प्रोफाइल फोटोमा नेपालको झण्डा राख्न यो लिंकमा क्लिक गर्नुहोस्।
http://sundar-nepal.subash.me/

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects