ठमेलमा इन्ड अफ समर

नेक्स्ट मोडल्स नेपालले फेसन मोडलिङमा युवायुवतीलाई प्रोत्साहन गर्ने उद्देश्यले असोज १५ गते शुक्रवारठमेलमा सानमिगल इन्ड अफ समर–२०१५ नामक फेसन नाइट आयोजना गर्ने भएको छ । शुक्रबार राती काठमाडौंको ठमेलमा सम्पन्न हुने भनिएको यो फेसन शोमा गर्मी महिनाभरि बजारमा चलेका फेसनेवल पहिरन तथा  नेपाली फेसन जगतमा भित्रिएको ग्ल्यामरस पहिरन प्रस्तुत गरिनेछ । फेसन शोमा मोडल हन्ट–२०१५ का उत्कृष्ट १० मोडल र नेक्स्ट मोडल्स नेपालले उत्पादन गरेका उत्कृष्ट १० गरी २० जना मोडलले डिजाइनर सन्तोषी श्रेष्ठले तयार गरेका पहिरनहरू प्रस्तुत गर्नेछन् । उक्त अवसरमा विशेष सांगीतिक कार्यक्रमसमेत प्रस्तुत हुने बताइन्छ । 

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects