देवकोटाको अंकुरण सार्वजनिक 34SHARES Shareon facebookShareon twitter - साप्ताहिक संवाददाता आश्विन १५, २०७२-   गायक राजकुमार देवकोटाले गाएका आधुनिक गीतहरुको डिभीडि एल्बम ‘अंकुरण’ लाई हास्य कलाकारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला तथा गायक आनन्द कार्कीले एक समारोहका बीच विमोचन गरेका छन् । एल्बममा ६ वटा गीतका म्युजिक भिडियोहरु समावेश गरिएका छन् । सबै भिडियोको निर्देशन कलाकार तथा निर्देशक शेरबहादुर डिसीले गरेका हुन् ।   डेढ दशकदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक देवकोटा आफ्नै व्यवसायमा समेत आवद्ध छन् । एल्बमका गीतहरुमा दिनेश अधिकारी, राजन न्यौपाने, दिलिप केसी तथा मेरो आफ्नै शब्द रचना छन् भने वरिष्ठ संगीतकार मनराजा नकर्मी, दिलिप केसी, सुनिल सिंह ठकुरी तथा किरण तुलाधरले एल्बमका गीतहरुलाई संगीतबद्ध गर्नु भएको छ । समारोहमा गायक देवकोटाले अहिले संगीत सुन्नेमात्र माध्यम नरहेकाले एल्बमका सबै गीतका म्युजिक भिडियो तयार पारिएको बताए ।  विमोचन समारोहमा सहभागि भएका अधिकांश हास्य कलाकारहरुले गायक देवकोटाको गायनको प्रसंसा गरेका थिए । हास्य कलाकार किरण केसीले नियमित रियाज गरेको खण्डमा गायक देवकोटाको सांगीतिक भविष्य उज्वल रहेको बताए । गायक आनन्द कार्कीले पनि गायक देवकोटामा संगीतको प्रसस्त ज्ञान रहेको बताउँदै संगीतलाई पेशा बनाउने हो भने थप मेहनत आवश्यक रहेको टिप्पणी गरे । विमोचन समारोहमा ६ वटै गीतका म्युजिक भिडियोका मुख्य दृष्यहरु प्रदर्शन गरिएको थियो ।   

देवकोटाको अंकुरण सार्वजनिक

गायक राजकुमार देवकोटाले गाएका आधुनिक गीतहरुको डिभीडि एल्बम ‘अंकुरण’ लाई हास्य कलाकारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला तथा गायक आनन्द कार्कीले एक समारोहका बीच विमोचन गरेका छन् । एल्बममा ६ वटा गीतका म्युजिक भिडियोहरु समावेश गरिएका छन् । सबै भिडियोको निर्देशन कलाकार तथा निर्देशक शेरबहादुर डिसीले गरेका हुन् ।
 
डेढ दशकदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक देवकोटा आफ्नै व्यवसायमा समेत आवद्ध छन् । एल्बमका गीतहरुमा दिनेश अधिकारी, राजन न्यौपाने, दिलिप केसी तथा मेरो आफ्नै शब्द रचना छन् भने वरिष्ठ संगीतकार मनराजा नकर्मी, दिलिप केसी, सुनिल सिंह ठकुरी तथा किरण तुलाधरले एल्बमका गीतहरुलाई संगीतबद्ध गर्नु भएको छ । समारोहमा गायक देवकोटाले अहिले संगीत सुन्नेमात्र माध्यम नरहेकाले एल्बमका सबै गीतका म्युजिक भिडियो तयार पारिएको बताए । 
विमोचन समारोहमा सहभागि भएका अधिकांश हास्य कलाकारहरुले गायक देवकोटाको गायनको प्रसंसा गरेका थिए । हास्य कलाकार किरण केसीले नियमित रियाज गरेको खण्डमा गायक देवकोटाको सांगीतिक भविष्य उज्वल रहेको बताए । गायक आनन्द कार्कीले पनि गायक देवकोटामा संगीतको प्रसस्त ज्ञान रहेको बताउँदै संगीतलाई पेशा बनाउने हो भने थप मेहनत आवश्यक रहेको टिप्पणी गरे । विमोचन समारोहमा ६ वटै गीतका म्युजिक भिडियोका मुख्य दृष्यहरु प्रदर्शन गरिएको थियो । 

 

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects