शनिवार नेशनल प्रिन्सेस


भोलि शनिवार काठमाडौंमा ‘मिस नेशनल प्रिन्सेस–२०१५’ को निर्णायक प्रतियोगिता सम्पन्न हुँदैछ । अघिल्लो साता सम्पन्न अडिसनमार्फत छनौट भएका १९ जना सुन्दर युवतीहरु मिस नेशनल प्रिन्सेसको निर्णायक चरणका लागि छनौट भएका छन् । आरके ईभेन्ट्सले आयोजना गर्न लागेको यो प्रतियोगितामा १६ देखि २६ वर्ष उमेर समुहका युवतीहरुले सहभागिता जनाइरहेका छन् । एसएलसी उत्तिर्ण तथा ५ फिट दुई ईन्चभन्दा अग्ला युवतीहरु यो प्रतियोगिताका लागि छनौट भएका हुन् । 
प्रतियोगिताका आयोजक अभिमन्यू शर्माका अनुसार प्रतियोगिहरुलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणको क्रममा उनीहरुले क्याटवाक, व्यक्तित्व विकाससहितका विधामा जानकारी तथा ज्ञान हासिल गरिरहेका छन् । भोलि शनिवार (असोज १६) काठमाडौंको गौशालास्थित सुमार्गी स्मृति भवनमा सम्पन्न हुने निर्णायक प्रतियोगिता दिउँसो २ बजेदेखि प्रारम्भ हुनेछ ।  प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । निर्णायक प्रतियोगिताकै क्रममा प्रतिस्पर्धि युवतीहरुले ट्यालेन्ट शोको रुपमा आ–आफ्ना प्रतिभा समेत प्रदर्शन गर्नेछन् । प्रतियोगिहरुले सार्थक बुटिकका पहिरनहरु प्रदर्शन गर्नेछन् । 
प्रतियोगितामा नुरानी महर्जन, बंशु श्रेष्ठ, अलिशा कोइराला, प्रनिशा श्रेष्ठ, मुस्कान श्रेष्ठ, दीपा डंगोल, सिमरन कार्की, साक्षी श्रेष्ठ, अष्मिता ढुंगाना, सुनिम श्रेष्ठ, संगिष्टा श्रेष्ठ, निशा राई, पूर्णिमा रायमाझी, नवीना केसी, बिनिता ओली, रुषा न्यौपाने, किरण सिंह ठकुरी, किरण रेग्मी तथा जस्मिन तामाङले सहभागिता जनाएका छन् । 

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects