भोली प्रदर्शित हुने चलचित्र अधकट्टी (ट्रेलर सहित)

प्रदर्शनअगावै गीत तथा ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘अधकट्टी’ कुनै मेहनतबिना धनी बन्न खोज्ने तीन युवकको कथा हो । सुवास ढकालको कथामा विजय अधिकारीले पटकथा तयार पारेको यो चलचित्रको गीत ‘तिम्रो फिगर कोकाकोला’ तथा ‘हे नम्रता’ निकै चर्चामा छन् । धन कमाउने भनेर एकपछि अर्को मुर्खतापूर्ण बदमासी गर्दागर्दै बिजोगस्थितिमा पुगेका तीन युवकलाई करोडौंको चिठ्ठा परेपछिको स्थिति यो चलचित्रमा चित्रण गरिएको छ । तीन जना युवकको भूमिकामा विल्सन, गौरव र प्रदीप बास्तोला छन् । नायक गजित विष्ट ‘अधकट्टी’मा फरक खालको हास्यभूमिकामा देखिँदैछन् । नम्रता श्रेष्ठ नायिका नम्रता श्रेष्ठ कै रूपमा पर्दामा प्रस्तुत हुने ‘अधकट्टी’का निर्माता प्रदीपकुमार उदय हुन् । चलचित्र ‘अधकट्टी’मा छायांकन हरि घले लामा, नृत्य कविराज गहतराज र सुरेन बसेल, द्वन्द्व रोशन श्रेष्ठ तथा सम्पादन बनिश शाहको छ । यो चलचित्र कात्तिक ३ गते फूलपातीदेखि देशभर प्रदर्शनमा आउँँदैछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects