अनु शाह, नायिका मन पर्छ टीका विजयादशमीको दिनदेखि प्रारम्भ हुने टीका लगाउने कार्य दसैंको सबैभन्दा महत्वपूर्ण पक्ष हो । मान्यजनबाट लगाइने टीका र प्राप्त हुने आशिषको ठूलो महत्व छ । सपिङ किनमेल त अरू बेला पनि गरिन्छ तर दसैंको बेला गरिने किनमेलको मज्जा नै बेग्लै हुन्छ । दसैंमा नयाँ लुगा लगाउने चलन छ । मलाई त सपिङ नगरुन्जेल दसैं आएजस्तै लाग्दैन । पिङ दसैंको सबैभन्दा मन पर्ने पक्ष नै पिङ हो । टीकाको दिन एक पटक धर्ती छाड्नुपर्छ भन्ने चलन छ, त्यसका लागि पनि म पिङमा मच्चिन्छु । मनपर्दैन जुवा—तास मलाई तासका कुनै पनि खेल मन नपर्ने भएकाले अरूले खेलेको पनि मन पर्दैन । काटमार मलाई दसैंमा गरिने खसी र बोकाको काटमार मन पर्दैन । मासुका धेरै परिकार पनि मलाई मन पर्दैन । खर्च दसैंमा गरिने अनावश्यक खर्च मलाई मन पर्दैन । आफ्नो क्षमताअनुसार खर्च गर्नु उपयुक्त हुन्छ ।



0 comments:
Post a Comment