ऋषि धमलाका रमाइला क्षणहरु

ऋषि धमलालाई एकपटक समाचारको खडेरी परेछ, के रिपोर्टिङ गरौं, के रिपोर्टिङ गरौं भइ’रा बेला बाटोमा उनले ठूलो भीड देखेछन् । भीडको बीचमा कार थियो । कारले कसैलाई हानेजस्तो देखिन्थ्यो तर भीड निकै बाक्लो भएकाले भीड छिचोल्दै भित्र पस्न धमलालाई गाह्रो परेछ । ‘म ऋषि धमला, हटिदिनुस् त रिपोर्टिङ गर्नुपर्‍यो,’ धमला कराए तर कसैले टेरेनछन् । रिपोर्टिङ त गर्नैपर्‍यो । धमलाले जुक्ति लगाए । ठूलो–ठूलो स्वरले रुँदै कराउन थाले : ‘यो कारले हानेको मान्छे मेरो बुबा हो, कृपया मलाई अगाडि जान दिनुस्,’ यति सुनेपछि भीडले सट्ट २ चिरा पर्दै धमलाको लागि बाटो बनाइदियो, तर धमला हतार–हतार बीचमा पुग्दा कारको सामु त छटपटाइरहेको गोरु पो लडिरहेको रहेछ ।  ००० धमला र उनका केही साथी मिलेर राति रक्सी पिउने कार्यक्रम बनाएछन् । धमलाले साथीहरूलाई भनेछन् : केटा हो, म मेरो घरबाट खसी चोरेर ल्याउँछु, काटेर रक्सीसित खान । तिमीहरू अलि–अलि तान्दै गर । यति भनेर उनी खसी चोर्न आफ्नो घर गएछन् । त्यसपछि धमलाले साथीहरूसित रातभरि रक्सी र मासुको भव्य पार्टी गरेछन् । बिहानीपख रक्सी मासु पनि सबै सकियो । पार्टी पनि क्लोज भयो । सबै जना आ–आफ्नो घरतिर लागे । धमला पनि घर आए तर आश्चर्य हिजो चोरेर काटी खाएको खसी त घरमै घाममा बसेर उग्राइरहेको रहेछ । हत्त न पत्त भित्र छिरेर स्वास्नीसँग सोधेछन् ।  धमला : यो खसी कहाँबाट आयो यहाँ ? धमली : खसीको कुरा छोड, मलाई यो भन, हिजो राति चोर जस्तो सुटुक्क घरको कुकुर लिएर रातभरि कहाँ गएका थियौ ? ००० ऋषि धमलाले अंग्रेजी टेलिभिजन च्यानलमा जागिर खाने भएछन् । स्वभाविक रूपमा जागिरको आवेदन फर्म अंग्रेजीमा थियो । धमलाले फर्म त भरेछन् तर एक ठाउँमा जोडिएको साइन (राशि) ? लेखिएको रहेछ तर धमलाले के लेख्ने भनेर थाहा पाएनछन् । धमलाले सँगै फर्म भरिरहेको मान्छेले लेखेको हेरेछन् । त्यो मान्छेले उक्त ठाउँमा क्यान्सर लेखेको रहेछ । त्यसपछि ऋषि धमलाले आफ्नो फर्ममा पायल्स लेखेर आएछन् ।  ००० हस्पिटलमा डाक्टर, ऋषि धमलासँग  डाक्टर : हेर्नुस्, तपाईंको एउटा किड्नी फेल भएको छ । धमला त्यो कुरा सुन्नेबित्तिकै डाँको छोडेर रुन थाले, अनि केही बेरपछि डाक्टरसँग रुन्चे पाराले भने : ठीकै छ डाक्टर सा’ब, जे हुनु भयो, तर यो भन्नु कि, जम्मा कति मार्क नपुगेर फेल भएछ ? ००० ऋषि धमलालाई एकपटक समाचारको खडेरी परेछ, के रिपोर्टिङ गरौं, के रिपोर्टिङ गरौं भइ’रा बेला बाटोमा उनले ठूलो भीड देखेछन् । भीडको बीचमा कार थियो । कारले कसैलाई हानेजस्तो देखिन्थ्यो तर भीड निकै बाक्लो भएकाले भीड छिचोल्दै भित्र पस्न धमलालाई गाह्रो परेछ । ‘म ऋषि धमला, हटिदिनुस् त रिपोर्टिङ गर्नुपर्‍यो,’ धमला कराए तर कसैले टेरेनछन् । रिपोर्टिङ त गर्नैपर्‍यो । धमलाले जुक्ति लगाए । ठूलो–ठूलो स्वरले रुँदै कराउन थाले : ‘यो कारले हानेको मान्छे मेरो बुबा हो, कृपया मलाई अगाडि जान दिनुस्,’ यति सुनेपछि भीडले सट्ट २ चिरा पर्दै धमलाको लागि बाटो बनाइदियो, तर धमला हतार–हतार बीचमा पुग्दा कारको सामु त छटपटाइरहेको गोरु पो लडिरहेको रहेछ ।  ००० एउटा चित्र प्रदर्शनीमा चित्र हेर्दै धमलाले गाइडसँग सोधे । धमला : छि:, यस्तो पनि मोडर्न आर्ट हुन्छ, बाँदरजस्तो । गाइड : धमलाजी, यो आर्ट होइन, ऐना हो ।  ००० धमलाले फेन्सी पसल खोलेछन्, उद्घाटनकै दिन एक महिला आइन र भनिन् : दाइ, मलाई पेन्टी देखाउनु न । ऋषिले अलिक लाज मान्दै भनें : आज त लगाएकै छैन, बहिनी ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects