भोली प्रदर्शित हुने चलचित्र परदेशी (ट्रेलर सहित)

यसअघि चलचित्र ‘गोर्खा पल्टन’बाट सफलताको स्वाद चाखेका इन्डियन आइडल प्रशान्त तामाङ, निर्माता राजेश बंशल तथा निर्देशक नारायण रायमाझीको समूहले फेरि एकपटक मर्मस्पर्शी कथामा चलचित्र निर्माण गरेका छन् । ‘गोर्खा पल्टन’ विदेशमा नेपालीको नाम राखेका गोर्खाली सैनिकहरूको कथामा आधारित थियो भने ‘परदेशी’मा विदेशी भूमिमा कमाउन जाने वा गएका महिला कामदारहरूको कथा–व्यथा उठान गरिएको छ । चलचित्र ‘परदेशी’को एउटा गीत ‘भन्थ्यौ आमा नेपालमा दु:ख छ, विदेशमा त पैसाको रूख छ । कालो बादल नीलो आकाशमा, गयौ आमा चढेर जहाजमा, फर्कियौ बाकसमा’ले चलचित्रको सम्पूर्ण कथा भन्छ । देशमा अवसर नपाएका बेरोजगार युवापुस्ताको विदेशप्रतिको मोह र त्यसबाट निम्तिने खराब परिणामलाई उजागर गरिएको छ यो चलचित्रमा । चलचित्र परदेशी कात्तिक ३ गते फूलपातीदेखि प्रदर्शन हुँदैछ ।  निर्देशक : नारायण रायमाझी  संगीत : बीबी अनुरागी कलाकार : प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्का आदि ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects