जुना प्रशाई पछिल्लो समयकी चर्चित गायिका हुन् । लोक, आधुनिक, चलचित्र सबैखाले गीतमा स्वर दिएकी छिन् उनले । अहिलेसम्म उनको स्वरमा चारसय बढी गीत रेकर्ड भैसकेका छन् ।
६ वर्षको उमेरदेखि गायनमा सक्रिय यी गायिकाले अनलाइलाइनखबरको ‘मेरो पहिलो’ स्तम्भ अन्र्तगत आफ्ना अनुभुती यसरी शेयर गरिन् ।
स्टेज कार्यक्रमः छ वर्षको उमेरमा विर्तामोडमै आयोजना भएको स्टेज कार्यक्रममा स्वागत गीत गाएकी थिएँ ।
कमाईः चलचित्र ‘मामाघर’मा गीत गाएपछि सचिन दाईले १५०० दिनु भयो । घरमा फोन थिएन । बाबाको अफिसमा फोन गरेर यो पैसाले के गरौं भनेर सोधें ।
धेरै खर्चः खै अहिलेसम्म त्यस्तो धेरै खर्च गरे जस्तो लाग्दैन ।
हवाईजहाज यात्राः रामकृष्ण दाईले अभिनय गरेको चलचित्र ‘आशिर्वाद’ हेर्ने क्रममा काठमाडौवाट भैरहवा जाँदा । पहिलो पटक प्लेन चढ्दा मलाई खासै डर लागेन । बरु अहिले डर लाग्छ ।
अवार्डः इमेज अवार्ड, त्यहि वर्ष हिट्स एफएम अवार्ड पनि पाएको थिएँ ।
बद्मासीः जेठी छोरी भएकीले होला त्यस्तो बद्मासी कहिल्यै गरिन ।
हेरेकोफिल्म: ममीहरुसँग विर्तामोडकै हलमा गएर ‘अन्याय’ हेरेको थिएँ । याद छैन । म जान्ने भएपछि बिर्तामोडमा गएर राजेश हमालको ‘देउता’ हेरें ।
खुसीः नातीकाजी युवा संगीत पुरस्कार पाउँदा ।
दुःखीः एक समय मेरो बुबा बिरामी हुनुहन्थ्यो । छ महिना भन्दा धेरै हस्पिटल राख्नु पर्यो । त्यो बेला निकै दुखी भएको थिएँ ।
पहिलो प्रेमः मैले त लेखिन । नौ कक्षामा पढ्दा एकजना साथीले दिनु भएको थियो । पढें मात्रै ।
पहिलो डेटिङः ७ वर्ष अगाडी आफ्नै श्रीमान् (सरोज भण्डारी) सँग गए ।
मोबाईलः नोकियाको सेट ।
पहिलो कलः आफ्नै बाबालाई गरें ।
झगडाः अहिलेसम्म झगडा गरेको रेकर्ड नै छैन ।
फिल्मः मामाघर ।



0 comments:
Post a Comment