अझै आमासँग पकेट खर्च माग्छिन् सोनाक्षी

एउटै चलचित्रवाट करोड बढी पारिश्रमिक लिन्छिन् बलिउड नायिका सोनाक्षी सिन्हा । विज्ञापन र अन्य कार्यक्रममा सहभागी भए वापत लिने पारिश्रमिक छँदैछ । यती धेरै कमाई गर्ने यी नायिका अझै आमासँग पकेट खर्च माग्छिन् भन्दा अचम्म लाग्न सक्छ । तर, यथार्थ यही नै हो ।

‘होे अहिले पनि म आमासँग पारिश्रमिक मागेरै हिड्छु ।’ भारतीय संचारमाध्यमसँग कुरा गर्दै सोनाक्षीले भनेकी छिन् । त्यसो त उनले आजसम्म जती कमाई गरेकी छिन् एक रुपैया पनि आफैले राखेकी छैनन् । उनी जती कमाउँछिन् आमालाई राख्न दिन्छिन् । त्यसकारण आमासँगै खर्च माग्ने गरेकी छिन् ।

उनले पहिलो पटक तीन हजारको चेक पाएकी थिईन् । पहिलो चेक आमालाई ल्याएर दिएकी थिईन् । उक्त चेकलाई आमाले फ्रेममा हालेर राखिदिएकी छिन् । पहिलो कमाई यादगर होस् भनेर चेकलाई फ्रेमिङ गरेको उनकी आमाको भनाई छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects