श्रीकृष्णको जन्मदिनमा स्वेताले वितरण गरिन् अनाथ बालबालिकालाई न्यानो कपडा

पौष १४ गते स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ जन्मेको दिन । नायिका स्वेता खड्काले श्रीलाई संझदै अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेकी छिन् । घर आगन नेपालमा रहेका ११ जना अनाथ बालबालिका, २ जना दृष्टिबिहिन र २ जना शारीरिक रुपमा असक्त भएका व्यक्तिलाई उनले जाडोका न्यानो कपडा वितरण गरेकी हुन् ।

उनले भनिन्-‘मैले जहिलेबाट उहाँलाई चिने, उहाँ यसैगरि असाहयलाई सहयोग गर्न मनपराउनु हुन्थ्यो । यसैले मैले पनि उहाँको जन्मदिनमा उहाँले नै गर्ने काम गरेकी हुँ ।’

उनले आफूलाई बालबालिकाको ओठमा मुस्कान देख्दा खुशी लागेको भन्दै श्रीपनि यसरी नै खुशी भएको बताइन् । स्वेतासँगै उनका गुरु नृत्य निर्देशक बसन्त श्रेष्ठ पनि घर आगन पुगेका थिए । न्यानो कपडा वितरण गरेपछि स्वेताले जाडोमा कपडाको अभावमा धेरै बालबालिका छटपटिने भन्दै सहयोगका लागि अपिल गरिन् । स्वेताले आफूलाई जाडोले कोही पीडित भएको खबर सुन्दा दुख लाग्ने पनि सुनाइन् । उनले सबैले सहयोगी हात बढाएको खण्डमा यस्ता खबर सुन्न नपर्ने  पनि बताइन् । स्वेताले आफू सधै नै समाजसेवामा लाग्ने बताइन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects