अन्तरजातिय प्रेमकथामा ‘कसैलाई नभन्नु ल’

काठमाडौं । अन्तरजातीय प्रेमकथामा नयाँ चलचित्र ‘कसैलाई नभन्नु ल’ निर्माण भएको छ । मन्दिप रानाको निर्देशन रहेको यो चलचित्र आउँदो २२ माघदेखि प्रदर्शन हुने भएको छ ।

निर्देशक रानाको भनाइ अनुसार चलचित्रको मूख्य आर्कषण संगीत हो । उनी यसलाई अन्तरजातीय म्यूजिकल लभस्टोरी भन्न चाहन्छन् ।

चलचित्रमा किशोर केसी, आयुष्मा कार्की, देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट र शिवहरि रेग्मी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा जनक गुरुङको द्धन्द्ध, रामचन्द्र श्रेष्ठको संगीत र भिम बिसीको छायांकन रहेको छ । चलचित्रमा ‘चम्पाकली’ बोलको एउटा आइटम डान्स राखिएको छ । जसमा निरामिकाले हट डान्स गरेकी छन् । अन्तरजातीय प्रेमकथामा आधारित रहेर यसअघि गायक यश कुमारले बाटोमुनीको फूल बनाएका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects