पोष्टर सार्वजनिक भएसँगै चर्चामा रहेको चलचित्र ‘क्लासिक’को ‘सुनौला हरदिन’ बोलको गीत सार्वजनिक गरिएको छ । ‘नोभेम्बर रेन’ निर्माण गरेर एकाएक चर्चामा आएका २ ब्यानर आर्यन सिग्देल इन्टरटेन्मेन्ट र सुवास इन्टरटेन्मेन्टले यो चलचित्रलाई निर्माण गरेका हुन् ।
दिनेश राउतले निर्देशन गरेको चलचित्रमा सुवास गिरी र आर्यन सिग्देलको लगानी छ । सार्वजनिक नयाँ गीतमा आर्यन सिग्देल र नम्रता श्रेष्ठलाई फिचरिङ गरिएको छ । चलचित्रमा यी कलाकार दृष्टिबिहिन भूमिकामा देखिएका छन् ।
दृष्टिबिहिनको भूमिकामा काम गर्न गाह्रो भएपनि आफूहरुले सक्दो मिहिनेत गरेको आर्यन र नम्रताले बताए । सार्वजनिक गीतको शब्द, संगीत र स्वरलाई दर्शकले रुचाउन सक्छन् । मेलिना राई र कोशिश क्षेत्रीको आवाज रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द छ । मेलिना र कोशिशले गीतमा अक्सिजन भर्ने काम गरेका छन् ।
यो गीतको भिडियोलाई कोरियोग्राफर रेनशा राइले उत्कृष्ट बनाएकी छिन् । दृष्टिबिहिन पात्रलाई यो शैलीमा फिचरिङ गर्नु आफैमा चुनौतीपूर्ण काम थियो । रेनशा यसैले पनि तारिफको भागिदार देखिएकी छिन् ।
निर्देशक राउतले गीत र चलचित्रलाई आँखाले होइन मनले हेर्नुपर्ने बताए । सार्वजनिक पहिलो गीतको मेकिङलाई उच्च क्वालिटीमा बनाएर ‘क्लासिक’को निर्माणपक्षले सुन्दर चलचित्रको संकेत दिएको छ ।



0 comments:
Post a Comment