सुशिल क्षेत्रीको नाम नेपाली चलचित्र हेर्ने दर्शकको मुखमा झुण्डिएको छ, दिमागमा बसेको छ । कुनै समय हिट चलचित्र दिने कुरामा सुशिल अगाडि देखिन्थे । सोझा, मिलनसार नायकको रुपमा चिनिएका सुशिलले अभिनय गरेका थुप्रै चलचित्र हिट छन् ।
तर, नेपाली चलचित्रको बदलिएको कथावस्तु र फेरिएको स्वादले सुशिललाई केही पछाडि धकेलिदिएको छ । तर, पनि उनी नेपालमै बसेर चलचित्र यात्रामा लागिपरेका छन् ।
यो बिचमा सुशिलले केही चलचित्रमा अभिनय गरे, जसको व्यापार बक्स अफिसमा देखिएन । उनै सुशिलको मुख्य भूमिका रहेको चलचित्र ‘बिच बाटो’ शुक्रबारबाट सिनेमा घरमा लाग्दैछ । ऋषि न्यौपानेले निर्देशन गरेको यो चलचित्रलाई राजेश शाहीले निर्माण गरेका हुन् । चलचित्रमा सुशिलको जोडीको रुपमा जस्मिन श्रेष्ठ देखिएकी छिन् । जस्मिनका लागि पनि यो चलचित्र विशेष बन्नेछ ।
विशेषगरि, सुशिल क्षेत्री र जस्मिनलाई फिचरिङ गरिएको चलचित्रको ‘पप्पी देउन’ बोलको गीत अहिले चर्चामा छ । सुशिल क्षेत्रीले आफ्ना फ्यानहरुलाई चलचित्रबाट सरप्राइज दिने विश्वास निर्देशक न्यौपानेको छ । न्यौपाने भन्छन्-‘सुशिलको जुन क्रेज पहिले पर्दामा थियो । यो चलचित्रबाट उनले फेरि सोही क्रेज फर्काउन सक्छन् । हामीले पारिवारिक कथावस्तुमा सरल र राम्रो चलचित्र बनाएका छौ ।’ सुशिल पनि चलचित्रबाट आशावादी देखिए ।



0 comments:
Post a Comment