चासोक तङ्नाममा जातीय फेशन शो

लिम्बु जातीको महानचाड ‘चासोक तङ्नाम’का अवसरमा धरानमा आयोजीत ‘चासोक तङ्नाम उत्सव’मा जातीय फेशन शो सम्पन्न भएको छ ।
फेशन फिवर धरानको प्रस्तुतीका रुपमा भएको फेशन शोमा राई, लिम्बु, तामाङ, मगर, गुरुङ, शेर्पा, क्षेत्री, ब्राम्हण लगायतका जातजातीको पहिरन प्रस्तुत गरियो । पहिलो सिक्वेन्समा जातीय पहिरन प्रदर्शन गरिएको शोको दोस्रो सिक्वेन्समा ढाकाको साडीमा मोडलहरु र्‍याम्पमा उत्रिएका थिए ।

पहिला आफैं र्‍याम्प मोडलिङ गर्दै आएकी मोडल तथा व्यवसायी संजीता संयोक्पाले कोरियोग्राफी गरेको फेशन शोमा मिस लिम्बु सेकेन्ड रनरअप साङ्मा खापुङ, मिस कोशी क्विनको फस्टरनरअप सृजना याङ्देन, अञ्जना ईवा, मुस्कान संयोक्पा, माधुरी लिम्बु, प्रतिक्षा सांयोक्पा,सोभा साँवा, मिनु लिम्बु र रिसु श्रेष्ठ र्‍याम्पमा उत्रिएका थिए ।

फेशन फिवरबाट तेस्रो प्रस्तुतिका रुपमा भएको फेशन शो उत्सवमा सहभागी स्थानीय दर्शककालागि आकर्षक बन्यो । आफैंपनि लिम्बु भएकाले आफ्नो चाडमा केही गरौं भन्ने सोंचले चासोक तङनाममा फेशन शो आयोजना गरिएको कोरियोग्राफर संजीता संयोक्पाले बताईन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects