यस्तो छ वीनिता बरालको ‘सुपरहिट’ गीत

काठमाडौं । दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘चपली हाइट’ मा अभिनय गरेर एकाएक चर्चामा आएकी वीनिता बराल अभिनित नयाँ फिल्म ‘सुपरहिट’ को नयाँ गीत सार्वजनिक भएको छ ।

तस्करी बोलको गीतको शब्द स्वयं बिनिताले लेखेकी हुन् भने सुरेश राईको संगीत रहेको छ । सुरेश र नीरन्जन पान्डेले स्वर दिएका छन् ।

नीरन्जन ढकाल र सौरभ ढकालको निर्देशन रहेको यस फिल्ममा बिनिताले मुख्य भूमिका निर्वाह गरेकी छिन् ।

यसअघि बिनिताले अभिनय गरेको ‘फूलस्टप’ले करिअरमै पूर्ण बिराम लगाएको चर्चा चलेको थियो तर, सुपरहिटले उनको करिअर कस्तो बनाउने हो हेर्न बाँकी नै छ । यो फिल्म आउदो २२ माघमा रिलिज हुने छ ।

तरकारी खेतिदेखि उपन्यास लेखनसम्म

अहिले अमेरिकामा रहेकी बिनिताले चपली हाईट रिलिज भएपछि काठमाडौको टोखामा जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेकी थिइन् । नेपाल कृषिप्रधान मुलुक भएकोले खेतीपाती सुरु गरेको धारणा राख्ने बिनिताले सामाखुसीमा आफ्नै तरकारी पसल समेत सुरु गरिन् । ब्यबसायिक तरकारी खेती गर्छु भनेर लागेकी बिनिताले तरकारी खेतिलाई निरन्तरता दिन छाडेर अमेरिका भासिईन् ।

यहि विचमा उनले कृषिसंग सम्बन्धित उपन्यास समेत लेखिन् । तर, अहिलेसम्म उनको उपन्यास प्रकाशित हुन सकेको छैन । उपन्यास सम्पादनको चरणमा भएको बताउने बिनिताले केही महिनामै आफ्नो उपन्यास बजारमा आउने बताएकी छिन् ।

लेखन आफ्नो सोख भएको धारणा राख्ने बिनिता पछिल्लो समय फिल्म लेखनमा पनि लागिन् । सुपरहिटको स्त्रिmप्ट उनी आफैंले लेखेकी थिईन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects