नायिका नन्दिता केसी चलचित्रको पर्दामा खासै खुल्दिनन् । ग्ल्यामर भूमिका भन्दापनि रोनाधोनामै विश्वास गर्ने नन्दिताले एक चलचित्रका लागि आइटम गीतमा नृत्य गरिन् भन्ने सुन्दा तपाई पत्याउनु हुन्न होला ।
तर, नयाँ बर्षको जेठ महिनामा प्रदर्शनमा आउने भन्दै प्रचारमा उत्रिएको ‘जंग बहादुरको कोट’ नामक चलचित्रमा नन्दिताले गरेको आइटम गीत सार्वजनिक गरिएको छ ।
खड्का एन्ड सन्स सिने इन्ड्रस्ट्रीको प्रस्तुतीमा तयार भएको यो चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका हुन् । चलचित्रमा विमलेश अधिकारी, अनुप बराल, नन्दिता केसी, आलोक कार्की, विश्व बस्नेत, सुचित्रा आचार्यको मुख्य भूमिका छ । यो गीतलाई गम्भिर बिष्टले कोरियोग्राफी गरेका हुन् ।
कालिप्रसाद बास्कोटा र विनोद घिमिरेले चलचित्रमा संगीत भरेका छन् । नायिका नन्दिता केसीले चलचित्रमा आइटम नृत्य नगर्ने बताउँदै आएकी थिइन् । तर, उनले यो चलचित्रका लागि भने ग्ल्यामर नृत्य गरेकी छिन् । चलचित्र करिअर विस्तारै आरोलो लाग्दै गएको अवस्थामा नन्दितालाई यो आइटम गीतले फेरि चर्चामा ल्याउला त ? प्रतिक्षा गर्नेपर्छ ।



0 comments:
Post a Comment