महंगो पारिश्रमिक लिएको फिल्म बन्छ भन्नेमै विश्वास छैन निखिललाई


नायक निखिल उप्रेती चलचित्र क्षेत्रमा कमब्याक भएसँगै उनको डिमाण्ड पनि बढेको छ । निखिललाई लिएर चलचित्र बनाउन निर्माताहरु मरिहत्ते गरिरहेका छन् । तर, निखिल भने महंगो पारिश्रमिक लिएर सुटिङ सुरु भैसकेको चलचित्र बन्छ भन्नेमै ढुक्क छैनन् ।

केही चलचित्र निर्देशन गरेर रिलिज गर्न नसकेका निर्देशक वेदप्रसाद भुर्तेल निखिलको आफू ठूलो फ्यान भएको भन्दै चलचित्र निर्देशन गर्न तम्सिए । उनले निखिललाई ८ लाख रुपैयाँ पारिश्रमिक दिएर ‘इन्काउन्टर अफिसर्स’ बनाउने भन्दै मुहुर्त पनि गरे ।

तर, अब यो चलचित्रको कुनै चहलपहल छैन । नायक निखिल उप्रेतीलाई पनि अब यो चलचित्र बन्छ भन्ने लाग्दैन । विरामी भएर तंगि्रएका निखिल अहिले यो चलचित्रको यूनिट आफ्नो सम्पर्कमा नभएको बताउँछन् । निखिलका अनुसार अब यो चलचित्र बन्दैन ।

भुर्तेलले यस अगाडि बनाएका केही चलचित्र पनि चल्ने सुरसार छैन । निखिल भने केही चलचित्रको अभिनयमा व्यस्त हुँदैछन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects