गरिमाको विवाह
नायिका गरिमा पन्त सुटुक्क वैवाहिक जीवनमा बाँधिएकी छिन् । चलचित्र ‘झोला’ पछि अभिनयमा खासै सक्रिय नदेखिएकी गरिमा विगत लामो समयदेखि युरोपमा छिन् ।
युरोपमै उनले आफ्नो प्रेमिसँग विवाह गरेकी हुन् । लामो समयदेखि बेल्जियममा रहेकी गरिमाले त्यहीँ व्यवसाय गरेर बसिरहेका हरि शर्मा थपलियासँग विवाह गरेको बताइन्छ । विवाह लगत्तै गरिमाका श्रीमान् थपलियाले उनीहरूका तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका थिए । विवाह लगत्तै उनीहरूले बेल्जियममा ‘गरी सुसी’ नामको जापानी रेस्टुराँसमेत सञ्चालनमा ल्याएका छन् । गरिमाले पनि उक्त रेस्टुराँको तस्बिर फेसबुकमा अपलोड गर्दै नयाँ काम गर्न थालेको स्ट्याटस सार्वजनिक गरेकी छिन् ।
गरिमाका श्रीमान् हरिका अनुसार उनीहरूले विवाह गरेको धेरै भएको छैन । थपलियाका अनुसार गरिमा पुन: नेपाली चलचित्र क्षेत्रमा फर्कने सम्भावना करिब–करिब शून्य छ । गरिमा र हरिको पहिलो भेट दुई वर्षअघि बेल्जियममै भएको थियो । हरिले यसअघि चिनियाँ युवतीसँगको वैवाहिक जीवन टुंग्याएको बताइन्छ ।



0 comments:
Post a Comment