रेश अब बलिउडमा

नेपाली चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अभिनेता रेश मरहठ्ठाले बलिउड चलचित्रमा समेत पदार्पण गरेका छन् । हल्ला नै नगरी छायांकन सम्पन्न गरिएको हिन्दी चलचित्र ‘नेसनल ट्रेजर : द ब्लड रन’ मार्फत रेशले बलिउडको यात्रा तय गरेका हुन् ।

नेपालमा समेत केही दृश्य छायांकन गरिएको यो चलचित्रका बारेमा अघिल्लो सातासम्म सञ्चारमाध्यमलाई कुनै जानकारी दिइएको थिएन । बलिउड अभिनेता सलमान खानद्वारा अभिनीत चलचित्र ‘वीर’ का साथै ‘अपने’ तथा ‘गदर’ जस्ता चलचित्र निर्माण गर्ने सांकेतनले यो चलचित्र निर्माण गरेका हुन् । चलचित्रको छायांकन अमेरिका, स्वीडेन तथा बेलायतमा पनि गरिएको रेशले बताए ।

सञ्जय शर्माद्वारा निर्देशित यो चलचित्र सन् २०१६ मा प्रदर्शन हुने सम्भावना छ । एक्सन विधाको यो चलचित्रमा रेश मुख्य भूमिकामा छन् । चलचित्रका तस्बिरमा समेत रेश एक्सन मुद्रामा देखिन्छन् । रेशले यही ब्यानरका अन्य तीनवटा चलचित्रमा समेत अभिनय गर्ने बताएका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects