ब्युटी, ब्रेन र कल्चरको फ्युजनका रूपमा मिस इन्डिजिनियस हेरिटेज नेपाल नामक प्रतियोगिताको थालनी भएको छ ।
प्यासिफिक इभेन्ट एन्ड म्यानेजमेन्टको आयोजनामा सञ्चालन हुने यो प्रतियोगिता मूलत: आदिवासी जनजाति समुदायका युवतीहरूमा लक्षित छ । प्रतियोगितामा आदिवासी जनजाति समुदायका १६ देखि २४ वर्ष उमेर समूहका युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । आदिवासी जनजातिहरूको मौलिक कला, संस्कृति, भाषा, जीवनशैली तथा रहनसहनको सेरोफेरोमा रहेर सञ्चालन गरिने यो प्रतियोगिताका सहभागीहरूलाई स्टेज पर्फमेन्स, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, फेसन, ब्युटी, फिटनेस, सामाजिक उत्तरदायित्व आदि विविध विषयमा पनि तालिम प्रदान गरिने बताइएको छ ।



0 comments:
Post a Comment