छविलाई रजनीले किन भनिन्-‘आमालाई सोध्नुपर्छ’ ?

चलचित्र ‘लोफर’मा रजनी केसीलाई लिदा निर्माता छविराज ओझा गसिप बजारमा झेलिए । रजनीलाई छविकी हिरोइन भनेर मिडियामा चर्चा गरियोे । रजनी छविको चलचित्रमा काम गरिरहँदा चर्चित त बनिन् । निर्माता ओझासँग उनको नाम लामो समयसम्म जोडियो ।

हुनत, छवि पनि नायिकासँग आफ्नो नाम जोडेर चलचित्रको चर्चा चलाउन सिपालु छन् । उनै छविले ‘लोफर’ पछि रजनीलाई लिने सोच बनाएनन् । छवि क्याम्पमा नायिका शिल्पा पोख्रेलको आगमन भयो । यसपछि, रजनीको चर्चा पनि सेलायो, छविसँग शिल्पाको नाम जोडिन थालेको छ ।

उनै छवि र रजनी काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा एकसाथ स्टेजमा झुल्किए । स्टेजमा रजनी र छवि एकसाथ थिए । जब, चलचित्रको यूनिटले मायाको चिनो वितरण गर्न भन्दै छेउमै रहेका चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइलाई आग्रह गर्‍यो, छविले पनि रजनीसँग लामो समयदेखि मनमा रहेका कुरा पोख्ने अवसर पाए ।

छवि र रजनी लामो समयसम्म गफमा मस्त देखिएका थिए । रनजीले छविसँग कुरा गर्दै गर्दा ‘आमालाई सोध्नुपर्छ’ भनेपछि छवि हाँसे । कार्यक्रम संचालक नरेश भट्टराइले पनि छविलाई व्यङ्ग्य गर्दै भने-‘आज आफ्नै नायिकासँग हुनुभएकाले मख्ख हुनुहुन्छ ।’

पत्रकारका क्यामेरा छवि र रजनीको गफिदो वातावरणमा तेर्सिएका थिए । गसिप बजारमा आउनका लागि छविराज ओझा सिपालु छन् । तर, पत्रकारका क्यामेरा छवि र आफूतर्फ तेर्सिदा भने रजनीले केही असहज मानेकी थिइन् ।

तर, जेहोस्, ‘लोफर’ नचलेपछि छवि क्याम्पबाट बाहिरिएकी रजनीले उनै निर्मातासँग लामो समयसम्म गफ गर्ने मौका भने पाइन् । छविले अब रजनीलाई लिएर कुनै नयाँ चलचित्र बनाए भने अचम्म नमान्दा हुन्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects