देशको लागि जन्मेको भन्दै रमेश खरेल, सार्वजनिक भयो राष्ट्रिय गीत

एसएसपी रमेश खरेलले मोडलिङ गरेको एक गीतको  भिडियो सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै दिपक खाँड निर्देशित भिडियो सार्वजनिक गरिएको हो ।

दिपककै सम्पादन तथा छायांकन रहेको भिडियोमा रमेश खरेलका अलवा उर्मिला रायमझी, मञ्जु, नेपाल नारी सीएसको मोडलिङ छ । भुवन प्यासी र पारो शाहीले गाएको यो गीतमा राजेन्द्र वजगाँइको संगीत, राजेन्द्र र प्रभात सुवेदीको शब्द छ ।
कार्यक्रममा एआइजी सुरेन्द्र बहादुर शाह प्रमुख अतिथीको रुपमा उपस्थित थिए । उनले गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए । निर्देशक खाँडले भिडियो हेरेर सवैले तारिफ गरेको बताए । उनले यस्तो भिडियो आउँदा देशप्रेमको भावना अझै बढ्ने भन्दै सबैले प्रशंसा गरेको बताए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects