प्रदर्शनीको समापनमा पफर्मिङ् आर्टस्

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘हामी उठ्नेछौं’ शीर्षकको पाँच दिने सामूहिक चित्रकला प्रदर्शनी आइतबारबाट सकिएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातकोत्तरको दोस्रो सेमेस्टर अध्ययनरत कलाकार विद्यार्थीहरूले गरेको प्रदर्शनीको समापन कार्यक्रममा अभिनेता सरोज खनाल र गायिका कोमल ओली मुख्य अतिथि थिए । समापन कार्यक्रममा सहभागी चित्रकलाकार विद्यार्थीहरुले पर्फमिङ् आर्ट प्रस्तुत गरे ।

कलाकारहरु विकास श्रेष्ठ, दीपक मेहता, ध्रुवराज शर्मा, प्रमिला लामा र उपकार घमालले देश तथा प्रकृतिका बिषयमा गरेको पर्फमिङ आर्टस अवलोकन गर्न रंगकर्मीहरु मण्डला थियटरका राजन खतिवडा र शिल्पी थियटरका घिमिरे युवराज उपस्थित थिए । गत बुधबार महानायक राजेश हमालले ‘हामी उठ्ने छौं’ को लोगो अंकित चित्र अनावरण गरेर उदघाटन गरेको सामूहिक कला प्रदर्शनीमा भुफान लिम्बू, विकास श्रेष्ठ, विकुकुमार थापा, दीपक मेहता, दीपाञ्जली राजभण्डारी, ध्रुवराज शर्मा, जया शर्मा, जेनी घले, जुजुकाजी श्रेष्ठ, लक्ष्मी मगर, मन गुरुङ, ओम गुरुङ, प्रमिला लामा, प्रमोदकुमार तण्डुकार, ऋतु थापा, शोभा तिवारी, सुदेशा श्रेष्ठ, उमा खड्का तथा उपकार घमालले बनाएका ७० वटाभन्दा बढी चित्र प्रदर्शित थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects