समाजमा आपसी भाइचारा, प्रेम बढाउन के गर्नुपर्छ ?

सद्भाव, सद्बुद्धि र सहिष्णुता बोलीमा होइन, मनमा हुनुपर्छ ।
मिलन लक्ष्मण

हामी सबै नेपाली भन्ने भावनाको विकास गराउनुपर्छ अनि समुदाय र धर्मको दूरी मेट्नुपर्छ ।
समय

एक–अर्काको सामाजिक मूल्य–मान्यतालाई बुझ्न सके आपसी भाईचारा र प्रेम वृद्धि हुन्छ ।
महेश जोशी

मान्छेले मान्छेलाई मान्छे देख्नुपर्छ ।
उस्ताद

सकारात्मक सोच राख्नुपर्छ ।
छायाँ

भाइचारा कायम भएको भए किन यति लामो नाकाबन्दी हुन्थ्यो र ?
राजेन्द्र

सबैले एक–अर्कालाई प्रेम गर्नुपर्छ ।
सन्दीप

सबैप्रति समान व्यवहार गर्नुपर्छ । चाहे जात–धर्म होस् वा धनी–गरिब कुनै भेदभाव हुनु हुँदैन । महिलाको इज्जत गर्नुपर्छ । सन्तानलाई असल शिक्षा दिनुपर्छ र सबैले आ–आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ ।
मिलन समर्पण

समाजमा बसेपछि आफूमात्र ठूलो अनि जान्ने भनेर घमन्ड गर्नुको सट्टा अरूलाई पनि बोल्ने, बुझ्ने अवसर दिनुपर्छ । समाजमा भएका नकारात्मक कुरालाई मिलेर सामना गर्न एकजुट हुनुपर्छ ।
तिलक शर्मा

एक–अर्कालाई सम्मान गरौं । जात, भाषा, धर्म, धनी, गरीब तथा क्षेत्रमा कसैले कसैलाई     भेटभाव नगरौं । हामी सबै नेपाली हौं र नेपाल हाम्रो देश हो भन्ने बुझौं ।
दिलीप पुन मगर

अरूको सफलताको कामना, दु:खसुखमा साथ र अरूको विचारको सम्मान गर्नुपर्छ ।
प्रशान्त श्रेष्ठ

एक–अर्काको सम्मान गर्न र अर्काको अस्तित्व स्वीकार गर्न सकियो भने यो कुरा सम्भव छ ।
मिदाम आचार्य

एक–अर्काको सुख–दु:खमा साथ दिनुपर्छ ।
सन्जित आचार्य

एक–अर्काप्रति आदर अनि सम्मान दर्साउँदै समर्पणको भावना विकास गर्नुपर्छ ।
सञ्जीवराज पाण्डे

एक–अर्कालाई आदर सम्मान गर्नुपर्छ ।
देवेन्द्र ठकुरी

सभा, सम्मेलन, गोष्ठी, सडक नाटकजस्ता कार्यक्रमहरू गर्नुपर्‍यो जसले नागरिकमा सकारात्मक प्रभाव परोस् ।
गणेश ठगुन्ना

अर्काको कुरा सुनिदिन र समस्या समाधान गर्न सक्नुपर्छ ।
सुमित पुन

विश्वास हुनुपर्छ, विश्वासबिना केही हुँदैन ।
शिवहरि बाँस्तोला

अप्ठ्यारो परेका बेला एक–अर्कालाई सहयोग गर्ने बानीको विकास गर्नुपर्छ ।
कुमारी प्रजापति

सबैले सबैको धर्म, संस्कृति, वेशभूषा तथा कामलाई समान किसिमले सम्मान गर्न सक्नुपर्छ ।
शिवु

घरबाटै भाइ–भाइबीचको एकता बलियो पार्नुपर्छ ।
एप्पल

एक–अर्कालाई प्रेम गर्नुपर्छ ।
असमान राजन

एक–अर्काप्रति सहयोग गर्दै विश्वासी बन्न सकियो भने भाइचारा बढ्छ ।
एसपी

धनी–गरिब, भोको–नाङ्गो जो भेटे पनि झुकेर अभिवादन गर्नुपर्छ ।
शेखर

एक–आपसमा सहयोग, सम्मान र इज्जत गर्न सिक्नुपर्छ ।
विनोद

हामी सबै एउटै आमाका सन्तान हौं भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।
अभिनाशी

दिलको ढोका सफा र खुला राख्नुपर्छ ।
विद्या सापकोटा

पहिले आफूभित्र भएको कुविचार हटाउनुपर्छ, झ्याल सफा गरेर संसार हेर्‍यो भने स्पष्ट र सफा देखिन्छ ।
सुम्निमा

सकारात्मक सोचको विकास तथा नैतिक जिम्मेवारी बोध हुनुपर्छ ।
भिक्टरजंग थापा

अरूको विचारको सम्मान र अस्तित्व स्वीकार गर्न सक्नुपर्छ ।
रमेश ढुंगाना

पहिले आफ्नो परिवारलाई मिलाउने, अनि समाजमा स्वत: भाइचारा कायम हुन्छ ।
दीपकराज कँडेल

घमन्डी हुनु भएन । ठूलो मान्छे होइन असल हुनुपर्छ ।
फन्नी केटा

सबैले समान अवसर पाउनुपर्छ ।
मिथिलेश ठाकुर

आफ्नो मन–मस्तिस्कबाट नकारात्मक भावनाको अन्त्य गरी आपसमा विश्वास र सम्मान कायम गर्नुपर्छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects