सिटिसि मलमा ट्रेण्ड सेटर्स

माघ३, २०७२- काठमाडौंमा सौन्दर्य पारखीहरुका लागि अर्को एउटा बिसौनी थपिएको छ । सुन्धारास्थित सिटिसी मलको छैठौं तल्लमा सञ्चालनमा आएको ट्रेण्ड सेटर्स युनिसेक्स हेयर एण्ड ब्युटि स्टुडियोलाई एक दर्जनबढि नेपाली सेलिब्रेटीले उद्घाटन गरेका छन् ।

सैलुनको उद्घाटन समारोहलाई पृथक बनाइएको थियो । महिला सेलिब्रेटीहरुले सैलूनको मुख्य प्रवेशद्वारा टाँगिएको रिबन काटेका थिए भने पुरुष सेलिब्रेटीहरुले केक काटेर सैलुन उद्घाटनको जनाउ दिएका थिए । सौन्दर्य क्षेत्रमा गुणस्तरिय सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सैलुनको रिबन काट्नेहरुमा करिश्मा मानन्धर, कोमल वली, दीपाश्री निरौला, कुञ्जना घिमिरे तथा सविना कार्की थिए भने केक काट्ने सेलिब्रेटीहरुमा भुवन केसी, दिनेश डिसी, निर्मल शर्मा, सुवास ढकाल, विल्सन विक्रम राई, राजेशपायल राई र योगेश्वर अमात्य थिए ।

समारोहमा ट्रेण्ड सेटर्स सैलुनकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री प्रियंका कार्कीले ट्रेण्ड सेटर्सबाट सेवा लिइसकेको बताउँदै सैलुनमा अन्तर्राष्ट्रियस्तरको सुविधा उपलब्ध भएको बताइन् । समारोहमा नायिका कार्कीले सैलुनले शनिवारदेखि नै प्रारम्भ गरेको स्मार्ट कार्डको समेत शुभारम्भ गरिन् । सैलुनका अध्यक्ष सुदिप रेग्मीले प्रियंकालाई २० हजार रुपैयाँ बराबरको स्मार्ट कार्ड उपलब्ध गराएका थिए ।

समारोहलाई सम्बोधन गर्दै सैलुनका निर्देशक आशिष भट्टराईले सैलुनले गुणस्तरीय सेवालाई विशेष प्राथमिकता दिएको बताए । अन्तराष्ट्रियस्तरको सजावटमा लक्जरियस सौन्दर्य सेवा नेपालमै उपलब्ध गराउने चाहनाबाट ट्रेण्डसेटर्स अग्रसर छ । हेयर कट, हेयर कलर, हेयरस्ट्ेरट, हेयर ट्रिटमेन्ट, हेयर एक्सटेन्सन, फेसियल, म्यानिकेयर–पेडिकेयर लगायतका सौन्दर्यसम्बन्धित १ सय भन्दा बढि सेवा ट्रेण्डसेटर्सले उपलब्ध गराउनेछ ।

ट्रेण्डसेटर्समा विश्वका उत्कृष्ट एवं ख्यातिप्राप्त ब्रान्डका उत्पादन सेवाका निम्ती प्रयोग गरिने बताइएको छ । उपभोक्ताको हितका निम्ती सौन्दर्य सम्बन्धी उचित परामर्श दिने, औसत शुल्कमा स्तरिय सेवा प्रदान गर्ने, सेवाग्राहीलाई उत्कृष्ट हस्पिटालिटी सर्भिस दिने जस्ता ट्ेरन्डसेटर्सका थुप्रै विशेषता छन् ।

व्यस्त हुँदै गएको शहरी जीवनलाई मध्यनजर गर्दै घरबाटै अप्वाइन्टमेन्ट फिक्स गरी ट्रेण्डसेटर्समार्फत सेवा लिन सक्ने व्यवस्था मिलाइएको छ । यस्तै नेपालका चर्चित व्यवसायी, बैंकर्स, चिकित्सक, इन्जिनियर, पाइलट, योङ आन्टरप्रेर्सको प्राथमिकतामा यो सैलुन परेको छ ।
२० वर्ष देखि सौन्दर्य सम्बन्धी शिक्षा प्रदान गर्दै आएका तालिमकर्ताबाट यससम्बन्धी ज्ञान प्रदान गरिने छ । विभिन्न प्रकारका सौन्दर्य सम्बन्धि प्रशिक्षण र तालिम उपलब्ध गराई युवाहरुलाई दक्ष बनाउन संस्था प्रतिबद्ध रहेको जनाएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects