दयाहाङको र,माइलो

दयाहाङ राई, विजय बराल तथा बुद्धि तामाङ यो वर्षको सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी’मा साथै देखिए र दर्शकहरूबाट निकै रुचाइए । उनीहरू गत शुक्रवारदेखि मञ्चन भएको नाटक ‘र,माइलो’मा एकसाथ अनामनगरस्थित मण्डला थिएटरको मञ्चमा देखिँदैछन् ।

फ्रान्सका प्रसिद्ध नाटककार जाँअनोईले दोस्रो महायुद्धपछि लेखेको नाटक ‘एपिसोड इन द लाइफ अफ एन अथर’लाई नेपालीकरण गरेर हास्यरसले भरिएको नाटक ‘र,माइलो’ तयार भएको हो । रंगकर्मी सोमनाथ खनालबाट रूपान्तरण तथा निर्देशन गरिएको नाटक ‘र,माइलो’ मा दयाहाङ, विजय र बुद्धिका अतिरिक्त सिर्जना सुब्बा, सृजना अधिकारी, पशुपति राई, संयोग गुरागाईं, मिलन कार्की, जलन लामिछाने, लक्ष्मी बर्देवा, मिश्री थापा, राजन खतिवडा, विकास जोशी, आयान खड्का तथा अमर भण्डारीले पनि अभिनय गरेका छन् । नाटक माघ महिनाभरि सोमबारबाहेक हरेक दिन साँझ साढे चार बजे मञ्चन हुनेछ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects