भोली प्रदर्शित हुने चलचित्र बागमती

यो साता प्रदर्शनमा आउने नेपाली चलचित्र बागमती तीनवटा कारणले चर्चामा छ । पहिलो, चलचित्र ‘बागमती’मा नेपाली चलचित्रका पुराना दुई नायक शिव श्रेष्ठ र राजेश हमाल धेरैपछि स्क्रिन सेयर गर्दैछन् । दोस्रो, यो चलचित्रमा दक्षिण भारतीय प्राविधिकहरूलाई प्रयोग गरिएको छ । तेस्रो, ‘बागमती’लाई सर्वाधिक लगानी भएको नेपाली चलचित्रका रूपमा प्रचार गरिएको छ ।

राजेश हमाल र शिव श्रेष्ठले पहिले पनि सँगै काम गरिसकेका थिए, धेरै पछि अब ‘बागमती’मा देखिँदैछन् । नेपाली चलचित्र क्षेत्र नयाँ अनुहारले हाँकिरहेका बेला राजेश र शिव प्राय: फुर्सदमै छन् । यसरी उनीहरूलाई एकसाथ हेर्न पाउनुलाई राम्रै मान्नुपर्छ । एकातिर नेपाली प्राविधिकहरूको कार्यक्षमता उत्कृष्ट भएको पुष्टि भैरहँदा भारतीय प्राविधिकले काम गरेको भनी प्रचार हुँदा त्यसले चलचित्रको ख्याति बढाउला र ? चलचित्रको विषय गतिलो हुनुपर्छ, खर्चिलो भन्दैमा चलचित्रले बजार पाउँछ भन्ने ग्यारेन्टी नहुन पनि सक्छ । जे भए पनि राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी जस्ता कहलिएका कलाकारलाई लिएर तयारी पारिएकाले पनि सस्पेन्स पारिवारिक चलचित्र ‘बागमती’ले राम्रो ओपनिङ प्राप्त गर्न सक्छ ।

निर्देशक : सन्नी केरला
संगीतकार : ज्योति घिमिरे/श्याम महर्जन
कलाकार : राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी, श्रेया कार्की, ध्रुव कोइराला आदि ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects