सातौँ संस्करणको मिस पोखराको उपाधि सबिना राना भुजेलले जितेकी छन् । १९ जना प्रतियोगीलाई पछाडि पार्दै भुजेलले उपाधि आफ्नो पोल्टामा पारेकी हुन् ।
उपाधिसँगै सबिनाले आफूलाई निकै ठूलो खुसी मिलेको प्रतिक्रिया दिइन् । ‘मेरो लक्ष्य पूरा भएको छ । यसलाई मैले सुरुवात मानेकी छु । आगामी दिनमा यो ताजको गरिमा अझ बढाउनेछु ।’ सबिनाले भनिन् ।
प्रतियोगितामा मञ्जिता खनाल फस्र्ट रनर्सअप तथा लोचन बसेल सेकेन्ड रनर्सअप घोषित भए । सेकेन्ड रनर्सअप बसेलले बेस्ट फोटोजेनिक उपाधि पनि आफ्नो पोल्टामा पारिन् । त्यसैगरी बेस्ट पर्सनालिटिको उपाधि सलिफा गुरुङको भागमा पर्यो ।
मस्ट ट्यालेन्टको उपाधि आरजु घोताने गुरुङ तथा बेस्ट क्याटवाक र भ्युअर्स च्वाइसको उपाधि सलिना राज्यलक्ष्मी राणाले जिते । त्यस्तै मिस पपुलारिटी टाइटल अनु रेग्मी र बेस्ट स्माइल तथा बेस्ट ड्रेस टाइटल सिर्जना विश्वकर्माको हातमा पर्यो ।
ग्रान्ड फिनालेकै क्रममा गायन तथा नृत्यहरू पनि प्रस्तुत गरिएको थियो । गायिका देविका बन्दना, बिग आइकन मुस्कान रानाभाट, गायक कालिप्रसाद बाँस्कोटा तथा विजेश पौडेलले सहभागीहरूलाई आ–आफ्नो प्रस्तुतिबाट मनोरञ्जन प्रदान गरेका थिए । त्यस्तै सारेगम कला केन्द्रका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए ।



0 comments:
Post a Comment