वल्र्ड मिस युनिभर्सिटीमा नगमा

वल्र्ड मिस युनिभर्सिटी–२०१६ मा नेपालका तर्फबाट नगमा श्रेष्ठले प्रतिनिधित्व गरेकी छिन् । प्रतियोगितामा सहभागी हुन नगमा चीनको बेइजिङतर्फ प्रस्थान गरिसकेकी छन् ।

मिस नेपाल अर्थ–२०१२ उपाधि विजेता नगमाले सोही वर्ष मिस अर्थमा नेपालका तर्फबाट सहभागिता जनाएकी थिइन् भने उनले उक्त प्रतियोगितामा अन्तिम ८ सम्मको यात्रा तय गरेकी थिइन् । नगमा मिस कलेज–२००९ की उपाधि विजेता पनि हुन् ।

सेलिब्रेटी मोडलको समेत परिचय बनाएकी २४ वर्षिया नगमा ५ फिट १० इन्च अग्ली छिन् । इमेज च्यानल टेलिभिजनमा कार्यक्रम निर्माता तथा प्रस्तोताका रूपमा कार्यरत श्रेष्ठ चाइल्ड रिच नेपाल तथा उज्यालो फाउन्डेसनकी सद्भावना दूत पनि हुन् । यही जनवरी महिनाको अन्त्यतिर ग्रान्ड फिनाले रहेको वल्र्ड मिस युनिभर्सिटी–२०१६ मा नगमाले विश्वका ६० भन्दा बढी मुलुकका सुन्दरीहरूसित मुख्य उपाधिका लागि प्रतिस्पर्धा गर्नेछिन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects