२०१५ का चर्चित फेसन शैलीहरू

वर्ष २०१५ को फेसन ट्रेन्डमा ७० को दशकताकाको फेसनशैली वा त्यसबाट प्रेरित परिमार्जित फेसनले धुम मच्चायो । आधुनिक बोहेमियन सिल्हुट्स प्रभाव रहने अनुमान गरिएको वर्ष २०१५ को फेसन दुनियाँमा यो शैलीको दायरामा पर्ने फ्लोई, फेदरवेट र लामो म्याक्सी ड्रेसहरू, फ्लोरल, पेज्ली एवं टाई डाई प्रिन्टहरू चर्चामा रहे । छोटा पहिरनप्रति झुकाव राख्नेहरू भने ७० को दशकताकाको हिप शिक सिल्हुट्सबाट प्रभावित भए । जसमध्ये बोल्ड एवं कलरफुल रेट्रो प्रिन्टको प्रभाव बढी देखियो ।

वर्ष २०१५ का चर्चित पहिरनमा एभोकाडो ग्रिन, हार्भेस्ट गोल्ड, चकलेट ब्राउन, सेरुलियन ब्लू, एन्टिक रेड तथा टाइगर लिली ओरेन्जजस्ता रंगले विशेष स्थान पाए । भाइब्रेन्टको चलन पनि उत्तिकै रह्यो ।
सुड ड्रेसहरूको कम्ब्याक भएको यो वर्ष बेल्टेड, प्याच वर्क गरिएका स्कर्ट, छोटो स्लिभ भएका ब्लाउज, वाइड लेग क्रप, बटन फ्रन्ट ए लाइन स्कर्ट, प्लन्जिङ ड्ेरसहरू, वर्क वेयर ड्ेरस आदि चर्चामा रहे ।
७० को दशकताकाकै शैलीमा पाइन्ट सुटको प्रचलन पनि पुन: देखापर्‍यो । माइक्रो पेज्ली र लार्ज स्केल फ्लोरलमा आधारित लङ स्लिभ ब्लेजरसित फ्लेर्ड बटमको जोडा पुन: प्रयोगमा आयो भने बेली बटम र फ्लेरको प्रभाव पनि देखियो, जसमा हिप टाइट फ्लेरस र ड्रामाटिक बेली बटमको बहार रह्यो । डेनिम ड्रेसप्रतिको आकर्षण पनि यो वर्ष कायमै रह्यो । घुँडा भन्दामाथि होस् वा फ्लोर लेन्थ म्याक्सी स्टाइल डेनिमको क्रेज उस्तै देखियो ।

सेन्सुयल लुक प्रदान गर्ने एसिमेट्रिकल हेमलाइनको प्रभाव पनि उत्तिकै रह्यो । सुपर हट क्याजुयल लुक होस् एलिगेन्ट पार्टी वेयर यो फ्लर्टी स्टाइलको प्रभाव फेसन संसारमा एकपटक फेरि रुचाइयो । यो वर्ष पस्लम थ्रु वेस्ट, हिप्स र बट तथा काल्फ र घुँडातिर थोरै खुकुलो शैलीले बजार तताउन सफलता प्राप्त गर्‍यो । यस क्रममा ओभरस्कर्टिङ शैली पनि उल्लेखनीय रह्यो । यो वर्ष वर्षौंदेखि कायम कालो रंगका बुट, ब्याग र कोटको वचश्र्व खैरो रंगले विस्थापित गर्‍यो ।

केही हिट शैली

सर्ट ड्रेस : यो वर्षको स्प्रिङ समर कलेक्सनमा सर्ट ड्रेसले युवतीहरूलाई विशेष आकर्षित गर्‍यो । ड्रप वेस्ट, डबल हाई स्लिट, बटन डाउन, एसेमिट्रिक हेमलाइन, मन्डारिन कोलरजस्ता विविधताका साथ सर्ट ड्रेसले वुमन वार्डरोबमा आफ्नो उपस्थिति जनायो ।

किमोनो स्टाइल ट्रेन्च कोट : आधुनिक रोब, परम्परागत किमोनो र कोटको स्टाइलिस मिश्रणबाट तयार पारिएको किमोनो स्टाइल ट्रेन्च कोटले गएको गर्मी यामदेखि वर्षको अन्तसम्मै आफ्नो प्रभाव कायम राख्यो ।

लङ भेस्ट : ७० को दशकको ज्याकेट र ब्लेजरको विकल्पका रूपमा हेरिएको लङ भेस्ट पनि यो वर्ष निकै लोकप्रिय रह्यो । शरीरलाई स्लीमिङ इफेक्ट दिने भएकाले यो पहिरनप्रति महिलाहरूमा गजबको आकर्षण देखापर्‍यो ।

स्पोर्टी लुक : एथलेटिक ट्रेन्ड वा पुरानो स्पोर्टी लुक शरद मौसममा निकै हिट रह्यो । फास्टर स्ट्राइप, टेनिस स्कर्ट, जिम सोर्ट्स, प्लिम सल्स र लेदर लेगिङमा यो स्टाइलले आफ्नो वर्चस्व जमायो ।
केप : यो वर्ष केपको उपस्थिति निकै बाक्लो रह्यो । यो झन्डै पोन्चो जस्तै हो र विन्टर सिजनका सबै खाले ड्रेसिङमा उपयोगी भएकाले यसको लोकप्रियता बढेको हो ।

ए लाइन सेप : ए लाइन शैली विगत केही वर्षदेखि फेसनमा छ । ७० को दशकको टचसहित यो स्टाइल वर्ष २०१५ मा अझ बढी लोकप्रिय भयो ।

ट्रकर ज्याकेट : यसपटक ट्रकर ज्याकेट मस्ट ह्याभजस्तै बन्यो । स्लिम जिन्स वा खाकी, अनबटन्ड लुज टी वा सर्टसित यसको जोडा निकै लोकप्रिय रह्यो ।

साडी विथ अ ट्विस्ट : साडीले यो वर्ष पश्चिमेली फेसनमा राम्रो उपस्थिति जनायो । गाउनका रूपमा ड्ेरप गर्ने, शरीरको कर्भलाई सुन्दर रूपमा प्रदर्शन गर्ने माध्यमका रूपमा साडीको लोकप्रियता बढेको पाइयो । यो वर्ष हिट भएका अन्य शैलीमा वन् शोल्डर ड्रेस, गिङहाम स्कर्ट, स्वेटर ड्रेस, क्यामेल कोट, क्लासिक ट्रेन्च, डेनिम ड्रेस, सियरलिङ कोट, बोहो ट्युनिक, टेलर्ड शर्ट ड्रेस, सुड स्कर्ट, लेस ड्रेस आदि रहे ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects