दिपकराजको प्रश्न : प्रधानमन्त्री पावरफुल कि सभापति ?


काठमाडौं–हास्य कलाकार दिपकराज गिरीले ‘प्रधानमन्त्री पद पावरफुल कि सभापति’ भन्दै सामाजिक सञ्जालमार्फत नेताहरुलाई प्रश्न गरेका छन् । सुजाताले सभापतिको लागि आफू ब्याक नहुने भन्दै आइरहेकी थिइन् । तर, उनको त्यो बोली एक दिन नबित्दै सभापतिबाट ब्याक भएपछि उनले यस्तो लेखेका हुन् ।

नेपाली कांग्रेसको महाधिवेशनको चट्कारो चलिरहेको बेला उनले फेसबुकमा ‘कति हाँस्नु, यी कांग्रेसीहरुले नी आफैं हँसाउछन्’ भन्दै व्यंग्य समेत गरेका छन् ।

‘महाधिवेशनमा आफूलाई सहयोग गरे रामचन्द्र पौडेलले सुजातालाई प्रधानमन्त्री बनाउने रे’…भन्दै उनले ‘प्रधानमन्त्री पदमा १७ पटक हारेर रेकर्ड कायम गरेका रामचन्द्रले सुजातालाई प्रधानमन्त्री बनाउने रे…’ भन्दै फेसबुकमा लेखेका छन् ।’

उनले अगाडि लेखेका छन्, ‘पटक–पटक प्रधानमन्त्री जित्दा केही गर्न नसक्ने शेरबहादुरले सभापति जित्दा चाहिँ के गर्ने ?’

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects