भूकम्पपीडितहरूलाई पूरै बेवास्ता गरेको छ


सरकारले भूकम्पपीडितहरूलाई पूरै बेवास्ता गरेको छ (लथालिंग पुनर्निर्माण) । भत्किएका सम्पदा, घरहरू छिटोभन्दा छिटो बनाउनु आवश्यक छ । पीडितहरूलाई क्षतिपूर्ति दिन कत्ति ढिलाइ गरिनु हुँ‘दैन । नवीन आचार्य

आफूले रोजेको काममा यस्तो समर्पण नहुने हो भने त सफल पनि भइँदैन (बरु श्रीमान् छाडुँला तर गाउन छाड्दिनँ) । दुर्गाजी, तपाईंलाई गायन क्षेत्रमा पक्कै सफलता मिल्नेछ ।
टीका थापा

यो त राम्रो खबर हो (क्विज मेनिया अब दक्षिण एसियामा) । राम्रा कार्यक्रम जति सक्दो बढी फैलनुपर्छ ।
श्रद्धा पौडेल

यो कविता निकै मार्मिक लाग्यो (कविता–आशा नमार है) । यसमा भूकम्प प्रभावितहरूको वास्तविक जीवनकथा उतारिएको छ ।
दिलबहादुर

सत्ताको लुछाचुँडी, स्वार्थकेन्द्रित राजनीति, भ्रष्टाचार आदि कारणले गर्दा पुनर्निर्माण भएन (किन भएन पुनर्निर्माण) । जबसम्म यो कुरालाई गम्भीर रूपमा लिइँदैन तबसम्म पुनर्निर्माण सम्भव छैन ।
राजकुमार तामाङ

दीपराजजी, बधाई छ है (एक महिनामै दीपराज दुई पटक आइडल) । यसरी नै प्रगति हुँदै जाओस् ।
बिसु पोखरेल

यसले त धर्ममा विकृति ल्याउन सक्छ (पैसा कमाउने यान्त्रिक गाई) । म पनि त्यो ठाउँमा पुगेको थिएँ । व्यापारीझैं भक्तजनलाई १० रुपैयाँको धर्म बेचिरहेका थिए ।
सुवास शाही

सुरेन्द्र बर्माजी, तपाईंलाई बधाई छ (मिस्टर कपिलवस्तुको उपाधि बर्मालाई) । तपाईंलाई यसरी नै सफलता मिलोस् ।
सुषमा श्रेष्ठ

यो जानकारी एकदम उपयोगी लाग्यो (यसरी सफा गरौं स्मार्टफोन) । सूचना प्रविधि र ग्याजेट्ससम्बन्धी यस्ता जानकारी फेरि पनि पढ्न पाइयोस् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects