थप २७ कलाकारले पाए वरिष्ठ चलचित्रकर्मीको सम्मान

काठमाडौं । चलचित्र विकास बोर्डले २७ जना कलाकारहरुलाई वरिष्ठ चलचित्रकर्मीको सम्मान दिएको छ । यसअघि १३ जनालाई वरिष्ठ चलचित्रकर्मीलाई सम्मान गरिएको थियो ।

फाइल तस्बिर
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले विशिष्ट चलचित्रकर्मीको प्रमाणपत्र २७ जनालाई वितरण गरे ।

राष्ट्रिय चलचित्र पुरस्कार घोषणा कार्यक्रममा दयाहाङ राईले उत्कृष्ट अभिनेता र नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको सम्मान पाए ।

यो पनि पढ्नुहोस्
राष्ट्रिय चलचित्र पुरस्कार घोषणाः दयाहाङ र नम्रता उत्कृष्ट
वरिष्ठ चलचित्रकर्मीको सम्मान पाउनेहरुमा मदनकृष्ण श्रेष्ठ, हरिवंश, राजेश हमाल, बसन्त श्रेष्ठ, शम्भुजित बास्कोटा, मिथिला शर्मा बोहोरा, हरिहर शर्मा, रविन्द्र खड्का, प्रदिपकुमार उपाध्याय र शिव श्रेष्ठ छन् ।
यसैगरी रामचन्द्र अधिकारी, सुभाषप्रसाद गजुरेल, लय प्रसाद संग्रौला, टिका पहारी, मोहन निरौला, कृष्ण मल्ल, शर्मिला मल्ल, मदनदास श्रेष्ठ, राजेन्द्र खड्की र अशोक शर्माले पनि सम्मान पाएका छन् ।

करिश्मा मानन्धर, रमेश बुढाथोकी, हरिबहादुर लामा, युवराज लामा, रुपा राना, गणेश उप्रेती, लक्ष्मी गिरी र छविराज ओझालाई मन्त्री राईले वरिष्ठ चलचित्रकर्मीको रुपमा सम्मान गरेका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects