निशा अधिकारीमा देखियो अव्यवसायिकता, आधा गीतमा नाँचेर हिमाल चढ्न उडिन्


नायिका निशा अधिकारीका कारण एक चलचित्रको आधा मात्र गीत
खिचेर सार्वजनिक गरिएको छ । चलचित्र ‘लुटेरा’मा समावेश ‘मैले
तिमीलाई मन पराएको अवस्था’ बोलको गीत आधा मात्र खिचेर
सार्वजनिक गरिएको हो ।
निर्माता गोपाल कायस्थले अनलाइनखबरसँग भने-‘निशा जीले समय
नदिएकाले आधा मात्र खिचेका हौ । उहाँ गीत आधा खिचेर विदेश उड्नु
भयो । अब उहाँ आएपछि बाँकी गीत खिचिनेछ ।’ नायक निखिल
उप्रेतीसँग निशाले गीतमा छोटो कपालमै नृत्य गरेकी छिन् ।
निखिललाई चलचित्र ‘भैरव’मा दर्शकले जुंगा पालेको मन पराएपछि यो
चलचित्रको गीतमा पनि जुंगामा देखाइएको छ । निर्माता कायस्थल
निखिललाई दर्शकले जुंगामा मन पराएकाले यसो गरिएको बताउँछन् ।
दयाराम दाहाल निर्देशित यो चलचित्र कात्तिक २७ गतेबाट प्रदर्शनमा
आउँदैछ । आधा मात्र गीतमा नृत्य गरेर निशा अफ्रिकाको
किलिमनजारो हिमाल चढ्न त्यता पुगिसकेकी छिन् ।
यसअघि पनि निशा अमेरिका उडेकाले यसको निर्माणपक्षले गीत खिच्न
पाएको थिएन । चलचित्र प्रदर्शनको समय आइसकेकाले पनि निर्माता
कायस्थले चाडै ट्रेलर सार्वजनिक गर्ने बताए । अब आधा गीत भने दर्शकले
पर्दामा मात्र हेर्न पाउनेछन् । यो गीतमा रामजी लामिछानेको
कोरियोग्राफी छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects