बाबु बोगटीको जीवनमा आगमनको आगमन


नायक बाबु बोगटीले आफ्नो पारिवारिक जीवनलाई मिडियासँग धेरै
हदसम्म लुकाएको देखिन्छ । फुलु मिजारसँग बिहे गर्दा पनि बाबुले यो कुरा
लामो समयसम्म लुकाएका थिए । पछि, यो घटना मिडियामा
सार्वजनिक भएपछि मात्र उनी बोलेका थिए । अहिले पनि बाबुले आफू
पिता बनेको कुरालाई करिब १५ दिनसम्म लुकाएका छन् ।
गायक तथा नायक बोगटी सेप्टेम्बर १६ मा बाबु बनेका हुन् । उनको
जीवनमा आगमनको आगमन भएको छ । तीजकै दिनमा बिहे बन्धनमा
बाँधिएका बोगटीको घरमा तीजकै दिनमा पुत्रलाभ भएको हो ।
बोगटीकी पत्नी फुलु अहिले अमेरिकामा छिन् । उनले छोरालाई
अमेरिकामा नै जन्म दिएकी हुन् । बाबुले छोराको नाम आगमन बोगटी
राखेका छन् ।
आगमन जन्मदा ३.५ केजीका थिए । बाबुले फेसबुकमार्फत छोरा जन्मिएको
खुशी साटेका हुन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects