काठमाडौ – ‘युनिक्याम्प मिस नर्स २०७२’का सहभागीहरुले मंगलबारबाट क्याटवाक थालेका छन् । कोरियोग्राफर रोजिन शाक्यले सहभागी युवतीहरुलाई क्याटवाक प्रशिक्षण गरिरहेका छन् ।
प्रतियोगीताको क्रममा आयोजक नेक्स्ट मोडल्स नेपालले व्यक्तित्व विकास, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप ,मेकअप ,फेसन ,फोटो सेसन, महिला ससक्तिकरण, प्रेरणा, नेतृत्व क्षेमता, सामाजिक संजालको सहि सदुपयोगलगायतका बिषयमा सहभागीलाई दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिने गरेको छ ।
तेस्रो संस्करणको मिस नर्सका पुर्ण रुपले तयार बनाउन प्रशिक्षण दिइरहेको आयोजक सिइओ रबि धमलाले बताए ।
स्वस्थ्य पेसास“ग सम्बधित यो एकमात्र सौदर्य प्रतियोगिता भएकोले यसलाई ब्यवस्थापकिय लगायत सबै हिसावले सफल बनाउन आफुले आयोजकको तर्फबाट निकै मिहेनत गरिरहेको नेक्स्ट मोडल्स नेपालका कार्यक्रम संयोजक यतना पाण्डेले बताइन् ।
नर्सिङ पेसाले समाजमा पुर्याएको योगदानको कदर र सम्मान गर्दै यस पेसा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाज प्रति थप जिम्बेवार र उत्तरदायी बनाउने उदेश्य रहेको प्रतियोगीतामा पुर्व मेचीदेखी मश्चिम महाकालीसम्मका एकसय भन्दाबढी नर्सिङ कलेज तथा अस्पतालमा कार्यरत एकहजार भन्दा बढी युवतीबाट अन्तिम स्पर्धाका लागी ४३ जना छानिएका छन् ।
माघ २ गते त्रिभुवन आर्मीअफिसर्स क्लबमा प्रतियोगीतामा मुख्य उपाधि सहित फष्टरनर अप, सेकेन्ड रनर अपका ब्युटी उइथ बिरेन, सोशल रेस्पोन्सिभल नर्स, मोष्ट ट्यालेन्ट ,बेष्ट पर्सनालीटी ,मोष्ट ब्युटिफुल, मिस फोटोजेनिकलगायत बिधामा समेत बिजेता छानिने छ ।



0 comments:
Post a Comment