बुटवल–प्राय गरेर हाम्रो समाजमा युवकले युवती जिस्काउनु कुनै नौलो कुरा लाग्दैन तर, एउटा यस्तो घटना घट्यो जहाँ युवतीले युवक जिस्काएको देखियो । बुटवलको राजमार्ग चौराहामा रहेको बस प्रतिक्षालयमा बसिरहेको एक युवकलाई एकजना छोटो–छोटो स्कर्ट लगाएको युवतीले जिस्काई रहेकीथिइन भने युवतीको सेक्सी जिउडाल र उनको कामुक नजरसँग आतिएर ति युवक टाढा–टाढा भागी रहेका थिए ।
त्यो क्रियाकलाप देखेपछि बुटवलदेखि भैरहवा, सुनौली, काठमाडौँ, पाल्पा, पोखरा जाने यात्रुहरुको एकैछिनमा भिडभाड बढ्न थाल्यो । ति युवकलाई जिस्काउने युवतीले सबैको माझमा के चुम्मन गर्न आटेकी थिइन लगत्तै अगत र अगत भन्दै एकजना निर्देशक चिच्याउन लागे । उनी अरु कोहि नभएर निर्देशक बिष्णु भट्टराई थिए । बुटवलकै चौराहामा केटा जिस्काउने युवती अरु कोहि नभएर चर्चित मोडल पूर्णिमा श्रेष्ठ थिईन । प्रसङ्ग म्युजिक भिडियो सुटिंगको थियो ।
रुपन्देहीकै रामापुर निवासी विक्रम राना मगरको शब्द संगीतमा रहेको अत्यन्तै रमाइलो लोक पप ‘झम्के साँझ पारम्की दिउँसै आम’ भन्ने बोल रहेको गीतको म्युजिक भिडियो बुटवल, बन्बाटिक र रामापुर आसपासमा सम्पन्न भएको छ । फेसबुकमा लव गरेर भेट्न जाने रमाइलो गर्ने युवा–युवतीको प्रसङ्गलाई समेटेर तयार पारिएको भिडियोको निर्देशन सम्पादन बिष्णु भट्टराईको रहेको छ भने छायांकन पवन घिमिरेको र श्रृंगार सगुन शर्माको रहेको छ ।
अत्यन्तै चर्चामा आएकी मोडल पूर्णिमा श्रेष्ठ र बिक्रम राना मगरको अभिनय रहेको भिडियोमा रोशन विकाश र अन्य कलाकारले साथ दिएका छन । अविरल फिल्म्स प्रा. लि. ले बजार व्यवस्थापन तथा दृश्य निर्माणको जिम्मा लिएको रमाइलो गीत अब छिट्टै दर्शक माझ आउने जानकारी निर्माण युनिटले दिएको छ ।



0 comments:
Post a Comment