नेपाल संगीत क्षेत्रकै सर्वाधिक ठूलो अर्वाड राजधानीमा आयोजना हुँदै

काठमाडौं–नेपाली संगीत क्षेत्रकै सर्वाधिक ठूलो अवार्ड विन्ध्यवासिनी अवार्ड आज शुक्रबार राजधानीमा आयोजना गरिने भएको छ । छैटौं संस्करणको यो अवार्डमा यसपटकको विन्ध्यबासिनी लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७२ बाट ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानलाई सम्मानित गरिने भएको छ । सो अवार्डको राशी नगद ५१,१,५१ (एकाउन्न हजार एक सय एकाउन्न) रुपैयाँ रहेको छ । गायक प्रधानले आफ्नो सुमधुर स्वर लहरीबाट यस क्षेत्रलाई पु¥याएको अतुलनिय योगदानको उच्च कदर गर्दै उनलाई यो सम्मानबाट सम्मानित गरिन लागेको आयोजक विन्ध्यवासिनी फाउण्डेसनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी गराए ।

त्यसैगरी पत्रकारितामार्फत नेपाली संगीत क्षेत्रमा योगदान पु¥याउँदै आएका पत्रकारलाई २ वर्षदेखि प्रदान गरिँदै आएको यस वर्षको विन्ध्यबासिनी कला पत्रकारिता सम्मान २०७२ बाट कान्तिपुर साप्ताहिकका पत्रकार कृष्ण भट्टराईलाई सम्मानित गरिने भएको छ । यो सम्मानको राशी २५,५,२५ (पच्चीस हजार पाँच सय पच्चीस) रुपैयाँ रहेको छ । त्यस्तै यस वर्षको विन्ध्यबासिनी संगीत रत्न सम्मान २०७२ बाट नेपाली संगीत क्षेत्रका वरिष्ठ गायक राजेश पायल राईलाई सम्मानित गरिने भएको छ । यो सम्मानको राशी १५,५,१५ (पन्ध्र हजार पाँच सय पन्ध्रध्र) रुपैयाँ रहेको छ । यसै वर्ष पहिलोपटक विन्ध्यबासिनी चलचित्र सम्मान २०७२ संसारकै सबैभन्दा सानो उमेरका निर्देशक सौगात बिस्टलाई प्रदान गरिने भएको छ । यसको राशी १०,००१ (दश हजार एक) रुपैयाँ रहेको छ ।

नेपाली संगीत क्षेत्र धराशयी अवस्थामा पुगेका बेलासमेत विन्ध्यवासिनी फाउण्डेसनले संगीत क्षेत्रमा उर्जा भर्दै यसलाई गतिशिल बनाउन हरेक वर्ष अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ । नेपाली गीत संगीतलाई मर्यादित र व्यबस्थित बनाउने महान अभिप्राय बोकेको विन्ध्यबासिनीले संगीतका सबै विधा र श्रस्टा कलाकारसँगै संगीत व्यबसायीलाई पनि सम्मान गर्दै आएको फाउण्डेसनका सदस्य
सुवास रेग्मीले बताए । विन्ध्यबासिनी अवार्डको छैटौं संस्करणमा ३१ विधामा प्रतिस्पर्धामा हुनेछ । अवार्ड कार्यक्रम सुनधारास्थित आर्मी अफिसर्स क्लबमा हुने फाउण्डेसनका सचिव परमानन्द खनालले जानकारी गराए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects