आर्यन र नम्रताको क्लासिक

भ्यालेन्टाइन्ट डेको अवसर पारेर फेब्रुअरी १२ (माघ २९ गते) देखि प्रदर्शन हुने नयाँ नेपाली फिल्म ‘क्लासिक’ को पहिलो ट्रेलर काठमाडौंमा सार्वजनिक गरिएकोछ । सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका मुख्य पात्रले बोलेको संवाद उल्लेख छ । आर्यन सिग्देल र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्मको उक्त प्रोमोमा मुख्य पात्रले ‘म अँध्यारोभित्र पनि उज्यालो देख्ने थिएँ, मलाई के थाहा उज्यालोभित्र पनि अर्कै अँध्यारो हुँदो रहेछ’  भन्ने संवाद बोलेका छन् । फिल्मका निर्देशक दिनेश राउत यही संवादको सेरोफेरो फिल्मको कथावस्तु आधारित रहेको बताउँछन् ।

‘आई एम सरी’ तथा ‘नोभेम्बर रेन’ निर्देशन गरिसकेका निर्देशक दिनेश राउतले ट्रेलर सार्वजनिक कार्यक्रममा ‘क्लासिक’ लाई आफ्नो इच्छा अनुसारको फिल्म भएको बताए । प्रेम कथामा आधारित फिल्म निर्देशन गरिसकेका निर्देशक राउतका अनुसार ‘क्लासिक’ सांगीतिक प्रेम कथामा आधारित छ ।

फिल्ममा आर्यन र नम्रताले समय र दृष्टि नामका दृष्टिविहीन पात्रको भूमिका निर्वाह गरेका छन् । सुवास गिरी र स्वयं आर्यनको निर्माणमा बनेको यो फिल्मबाट आफू आशावादी रहेको नायिका नम्रता श्रेष्ठले बताएकी छिन् । यसै साता वितरण गरिएको डी सिने एवार्डमा सर्वाधिक ८ विधामा एवार्ड जित्न सफल ‘नोभेम्बर रेन’ कै टिमले आर्यन र नम्रताकै जोडीलाई दोहोर्याएर ‘क्लासिक’ निर्माण गरेको हो । फिल्मका समावेश ‘हारें हारें...’ गीत लोकप्रिय भैसकेको छ । ताराप्रकाश लिम्बुको संगीतको यो गीतमा गायक युवराज चौलागाईंको पाश्र्व गायन छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects