आधा शताब्दीपछि इराकमा ब्युटी कन्टेन्स, विजेतालाई आइएसको धम्की

बगदाद – गृहयुद्ध र विदेशी हमलाको चपेटामा परेको इराकमा सन् १९७२ पछि पहिलो पटक सुन्दरी प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताअघि इस्लामिक समुहहरुले प्रतियोगिताको विरोध गर्नुका साथै प्रतियोगीहरुको हत्या गर्नेसम्मको धम्की आए पनि बगदादको एक होटलमा प्रतियोगिता सफल रुपमा आयोजना गरियो ।
यस प्रतियोगितामा २० वर्षीय शाम्या अब्देलरहमान विजेता मिस इराक घोषित भइन् । उपाधि जितेपछि उनले आफ्नो ख्यातिको प्रयोग गरेर देशमा शिक्षाको स्तर सुधार गर्न प्रयास गर्ने बताइन् । शाम्याले अब मिस युनिभर्समा पनि भाग लिन पाउनेछिन् ।
तर, प्रतियोगिता सकेपछि आतंकवादी संगठन आइएसले उनलाई आफ्नो संगठनमा सामेल हुन धम्कीपूर्ण चेतावनी दिएको छ । आइएसले शाम्याले आफ्नो संगठनमा सामेल नभएर उनको अपहरण गर्ने धम्की दिएको त्यहाँको समाचारमा उल्लेख गरिएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects