अभिनेत्री शुभद्राको उपचार खर्च ब्यहोर्ने

काठमाडौं । निमोनियाले सताएपछि अभिनेत्री शुभद्रा अधिकारी अस्पताल भर्ना भएकी छिन् । काठमाडौंमा चिसो बढेपछि अधिकारीलाई समस्या देखिएको परिवारका सदस्यले जानकारी दिए ।

नयाँ बानेश्वरमा रहेको सिभिल अस्पतालमा उपचार गराईरहेकी अधिकारीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । झरना थापा संयोजक रहेको चलचित्रकर्मी कल्याणकोषवाट रकम निकाल्ने काम सुरु भएको अभिनेत्री झरनाले बताईन् । ‘हामीले उहाँको उपचारका लागि आवश्यक रकमको माग गरिसकेका छौं ।’  अनलाइनखबरसंग कुरा गर्दै झरनाले भनिन् ।

बोर्ड अध्यक्ष राज कुमार राईले अधिकारीको उपचारका लागि चाँडो रकम निकासाका लागि पहल गरिसकेका छन् । अध्यक्ष राई लगायत केही चलचित्रकर्मीहरुले अस्पताल पुगेर अधिकारीलाई भेटेका छन् । चिनो, मुनामदन लगायत दर्जनौं चलचित्रमा अभिनय गरेकी अधिकारी रंगमञ्चवाट आएकी कलाकार हुन् ।

काठमाडौ नरदेबीमा जन्मेकी अधिकारीको अहिले डल्लुमा बसोवास रहेको छ । पाँच वर्ष अघि उनको श्रीमानको निधन भएको थियो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects