काठमाडौं । भूटान सरकारले लखेटेपछि नेपाल अइ बसेका शरणार्थीहरुको समस्यालाई समेटेर निर्देशक उदय सुब्बाले चलचित्र ‘रिफ्यूजी’ निर्माण गरेका छन् ।
बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा उनले चलचित्रको सम्पूर्ण कार्य सकिएको बताए । आउँदो १५ माघबाट यो चलचित्र प्रदर्शनीमा आउने भएको छ । जनवरीको पहिलो सातादेखि अमेरिका र त्यसपछि बेल्जियम, क्यानाडा र अष्ट्रेलियामा प्रदर्शन गरिने पनि निर्देशक सुब्बाले बताए ।
केही दृष्य काटेपछि यो चलचित्रलाई सेन्सर बोर्डले ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ । नेपालबाट तेस्रो मुलुक गएका करिब एक लाख भुटानी शरणार्थी र आफ्नो देश र्फकने आशामा झापा र मोरङको सिविरमा रहेका २७ हजार भुटानी शरणार्थीका समस्या यो चलचित्रमा समेटिएको निर्देशक सुब्बाले जानकारी गराए ।
चलचित्रमा सौरभ लामाको छायाँकन, राजु किरातीको द्धन्द्ध, दिनेश पाखि्रनको नृत्य, तारा थापा किम्लेको सम्पादन , विकाश चौधरीको सँगीत, डब्बु क्षत्री र उदय सुब्बाको गीत रहेको छ । जसमा जीवन लुइटेल, नीर शाह, रिस्ता बस्नेत, अशोक शर्मा, बिपना बस्नेत, सुरबीर पण्डित, मोहन निरौला, भूपेन्द्र लिङदेन लगायतको अभिनय छ ।



0 comments:
Post a Comment