टिभी सिरियलको छुट्टै संसार छ भारतमा । केही च्यानल त सिरियलकै भरमा टिकेका छन् । टिआरपीको दौड सिरियलको लोकप्रियताले निर्धारण गर्छ ।
हिन्दी सिरियलमा काम गर्ने अभिनेत्रीहरुको जोडघटाउ बेलावखत भइरहन्छ । हरेक वर्षको अन्त्यमा मूल्यांकन हुन्छ, कुन अभिनेत्री कति पानीमा छन् भनेर । सन् २०१५ मा टेलिभिजनको पर्दामा देखिएका अभिनेत्रीहरुको यहाँ चर्चा गरिएको छ ।
दृष्टी धामीः दृष्टी धामीको चर्चा निकै बढेको छ हिन्दी सिरियलमा । मधबालाबाट चर्चित भएकी दृष्टी ‘झलक दिखला जा’ को विजेता भएपछि थप चर्चामा आएकी थिइन् । ‘एक था राजा र एक था रानी’ ले पनि उनको प्रशंसक बढायो ।
श्रीती झाः हिन्दी सिरियल ‘कुमकुम भाग्य’ मा पहिला सामान्य भुमिकामा देखिएकी श्रीती झा पछि ग्ल्यामरस भुमिकामा प्रस्तुत भइन् । उनको ग्ल्यामरस अवतारले धेरै गृहिणीको ध्यान तान्यो । उनले यहि भुमिकाका लागि केही अवार्ड समेत पाइन् ।
कृतिका कामराः टेलिसिरियल हेरेर रमाउने दर्शकका लागि प्रीय बुहारी हुन् अनीता हसनन्दानी । पछिल्लो पटक ‘ये है मोहब्बतेँ’ सिरियलमा उनको अभिनयलाई धेरैले मन पराए । उनले यहि सिरियलबाट केही अवार्ड समेत पाईन् ।
राधिका मदानः ‘मेरी आशिकी है तुमसे’ मा इशानीको भुमिका निर्वाह गरेकी थिइन् राधिका मदानले । अहिले उनको घर-घरमा चर्चा हुने गरेको छ । २० वषिर्या यी सुन्दरीले छोटो समयमै टेलिसिरियलबाट चर्चा पाएकी थिइन् ।
मोनी रायः टेलिसिरियलकी सबैभन्दा स्टाइलिस नायिकाको रुपमा चिनिन्छिन् मोनी राय । नयाँ सिरियल नागिनमा नागिनकै भुमिका निर्वाह गरेर चर्चामा आएकी थिइन् उनी ।
दिव्यांका त्रिपाठीः ‘ये है मोहब्बतेँ’ मा दिब्यांका त्रिपाठी र करन पटेलको जोडीलाई सबै भन्दा पावरफूल अनस्त्रिmन जोडीको रुपमा हेरिन्छ । इसिताको भुमिकाले उनको चर्चा घरघरमा हुने गरेको छ ।
नीति टेलरः हिन्दी सिरियल ‘कैसी ये यारिया’ की क्युट गर्ल नीति टेलर युवा दर्शकको विचमा लोकपि्रय छिन् । सरोजिनीमा बोल्ड दृष्य दिएकी सीनी दोषीले पनि दर्शकलाई प्रशस्त मनोरञ्जन दिएका छन् ।



0 comments:
Post a Comment