नायिका रेजिना उप्रेतीको चर्चा कुनै समय विभिन्न कारणले हुन्थ्यो ।
चलचित्रको सफलता होस् या असफलता रेजिनाको चर्चा भने नेपाली
चलचित्र क्षेत्रमा खुबै भयो ।
उनै नायिका रेजिना उप्रेती बिहे गरेपछि एकाएक सेलाइन् । उनको चर्चा
बिहेपछि खासै भएन भन्दा पनि हुन्छ । तर, अहिले फेरि रेजिना चलमलाउन
थालेकी छिन् । एक अवार्ड समारोहमा देखिएकी रेजिनाले आफू
चलमलाउन थालेको बताइन् ।
नायिका उप्रेतीले अभिनय गरेका केही चलचित्र सफल भएका थिए भने
केही असफल पनि भए । बिहे पश्चात नायिकाहरु एकाएक हराउने प्रचलन
नेपालमा खुबै छ । बिहेपछि रेजिनाले नयाँ चलचित्रमा काम गरेकी छैनन् ।
सार्वजनिक समारोहमा पनि उनको उपस्थिती शुन्य जस्तै छ ।
यस्तै पनि होला रेजिना अहिले सार्वजनिक कार्यक्रममा आफ्नो
उपस्थिती जनाएर नहराएको प्रमाण दिन खोज्दैछिन् । तर, बिहे पछि
ओरालो लाग्ने नायिकाहरुको करिअरमा रेजिना पनि टाढा रहन सकिनन



0 comments:
Post a Comment