सरीताको मेगा सिरियल आउँदै, नाम गोप्य


काठमाडौं । टिभी सिरियलमा सरीता लामिछानेलाई हेर्न चाहने
दर्शकका लागि खुसीको खबर छ । उनी पुनः एउटा ण्मेघा सिरिलयलमा
मुख्य भुमिकामा देखिदैछिन् ।
सिरियल प्रशारणको अन्तिम तयारीमा रहेको जानकारी दिएकी
सरिताले सिरियलको नाम भने केही दिनमा सार्वजनिक गर्ने बताईन् ।
‘अहिल्यै सबै कुरा नभनौ होला । नाम दुई/चार दिनपछि भन्छु,’
अनलाइनखबरसँग कुरा गर्दै उनलेउ भनिन् ।
अहिले ‘इनास अवार्ड’ को जुरी मेम्बर समेत रहेकी सरीता नयाँ सिरियलमा
दर्शकले आफ्नो परिपक्व अभिनय देख्ने दाबी गर्छिन् । उनी भन्छिन्
‘अघिल्ला सिरियलमा कतिपय अवस्थामा जानी-नजानी अभिनय गरेँ
हुँला यसपाली केही परिपक्व भएर अभिनय गर्दैछु ।’
शहरमा बस्ने मध्यमबर्गीय परिवारको कथा भन्ने उक्त सिरियलमा सरीता
जेठी छोरीको भुमिकामा देखिदैछिन्, जो परिवारको बारेमा सोच्दा
सोच्दै बिहे गर्ने उमेर ढल्केको पत्तो पाउदिनन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects