काठमाडौं । भारत सरकारले नेपालमा अघोषित नाका बन्दी लगाएको
बेला गुजराती नायिकाले अभिनय गरेको नेपाली म्यूजिक भिडियो
सार्वजनिक भएको छ ।
मुम्बईका रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियो
‘दर्पणमा देखे .. मुस्कानमा राखे’ बोलको उक्त गीतमा बिकास
लामिछाने र गुजराती नायिका रबिना तिलाभाटले मस्ति गरेको देख्न
सकिन्छ ।
नित्यासिवा र अनुप रिजालको स्वर रहेको उक्त गीतमा शंकर
अधिकारीको शब्द संगित रहेको छ । भिडियोको निर्देशन हरि रिजालले
गरेका हुन् ।
गुजरात र मुम्बईका बिभीन्न स्थानमा छायांकन गरिएको भिडिोमा
काम गर्दा निकै रमाइलो बताइन् रबिनाले ।
फरक स्थानमा सुटिङ गर्दा दर्शकले नयाँ स्वाद पाउने निर्देशक हरिको
भनाई थियो । जहीर नाकुमले छायांकन गरेको यो भिडीयोलाई नबिन
निरौलाले सम्पादन गरेका हुन् ।



0 comments:
Post a Comment