काठमाडौं । १८ वर्ष अघि महेन्द्रभक्त श्रेष्ठको निर्देशनमा एउटा चलचित्र
बनेको थियो ‘अरुणिमा’ । नायकको भूमिका निर्वाह गरेका थिए सरोज
खानालले । सरोजको साथीको भुमिकामा थिए विकास आचार्य र
राजाराम पौडेल ।
त्यसपछि पनि सरोज र राजाराम साँच्चीकै साथी बने । केही वर्ष संगै
अभिनय गरे । त्यसपछि अमेरिका गए र फेरि फर्केर आए । तर, अरुणिमामा
हिरोको साथी बनेका विकास अर्को चलचित्रमा देखिएनन् । रियलमा
उनीहरु साथी बनेपनि रिलमा साथीको जिवन एउटै फिल्मवाट टुंगियो ।
‘एउटै फिल्ममा काम गरेर म अघाँए । अभिनय मेरो लागि होइन रहेछ कि
जस्तो लाग्यो ।’ विकासले भने । अभिनयलाई चटक्कै विर्सेका विकासले
केही वर्ष लेखपढमै बिताए । नर्वेवाट एमफिल गरेका फर्केका विकासले
केही समय कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा पढाए पनि ।
बाँकी बसेको समय सिनेमाको स्क्रिप्ट लेखनमा खर्चिएका विकास
नेपालको नम्बर वान लेखकका रुपमा दरिए । त्यतिले मात्रै पुगेन र निर्देशन
सुरु गरे । ‘नाई नभन्नु ल’ उनको दोस्रो सफल सिनेमा मानियो । त्यसपछि २,
३ गर्दै अहिले ४ को सुटिङ गर्दैछन् भने नायकको भूमिकामा सरोज खनाल
देखिएका छन् ।
‘१८ वर्षपछि सरोज खनालमा के परिवर्तन पाउनु भयो ?’ अनलाइनखबरको
प्रश्नको जवाफ दिंदै उनले भने ‘खै मैले त केही फरक पाइन उस्तै लाग्यो ।’
नाई नभन्नु -४’ को सौराहमा सुटिङ गर्दै गरेका विकासले कुराकानीमा
भने ।
‘१८ वर्ष अघि जति सिन्सियर थिए अहिले पनि त्यस्तै रहेछन् ।’ विकासको
भनाई थियो । सामान्य सिनलाई पनि महत्व दिने सरोजवाट सिक्नै पर्ने
अर्को कुरा सुनाए । ‘उनी हरेक काममा समयमा आईपुग्छन् ।’
क्यामेराको अगाडी संगै काम नगरेपनि रंगमञ्चमा भने उनीहरुको सहकार्य
जारी थियो । विकास र सरोज दुबै रंगकर्मीको संस्था आरोहणमा आबद्ध
थिए । सरोज नेपाल आएको वेलामा भेटघाट र कुराकानी गर्थे । विकास
भन्छन् ‘अब हामी रियल र रिल दुबैमा साथी साथी हुन्छौं ।’



0 comments:
Post a Comment