धरान सरोकार समाज नेपालले आफ्नो साधारण सभा, पुनमिलन तथा सम्मान समारोहको
अवसर पारेर नायिका पि्रयंका कार्की, पूर्व मिस नेपाल सुविन लिम्बुलाई सम्मान गरेको
छ । प्रमाणपत्रको साथमा खदा ओडाएर सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र
रिजालले सम्मानित गरेका थिए ।
सम्मानित भएपछि नायिका कार्कीले आफूहरु चाडपर्वको समयमा धरान जाने गरेको
बताउँदै आज धराने चेली भएर सम्मान थाप्न पाउँदा खुशी लागेको बताइन् । नायिका
कार्कीले कार्यक्रममा आउँदा दिनमा पनि आफूलाई धरानसँगै नेपालको नाम उच्च राख्न
पाउ भनेर इच्छा व्यक्त गरिन् ।
यस्तै, कार्यक्रममा नव विवाहित जोडी नायिका रीमा विश्वकर्मा र रोबर्ट
विश्वकर्मालाई पनि सम्मान गरियो । धरानको पर्यटन प्रवर्द्धनमा योगदान गरेको भन्दै
शुक्रवार साप्ताहिकलाई पनि सम्मानित गरियो । पूर्व मिस नेपाल सुविन लिम्बुलाई
सम्मानसँगै नगद २१ हजारपनि प्रदान गरिएको थियो ।



0 comments:
Post a Comment