हनिमुनका लागि पेरिस जान छाडेर रीमाले गरिन् चलचित्रकर्मीलाई सहयोग


नायिका रीमा विश्वकर्माले आफ्नो हनिमुन योजनालाई पर सार्दै चलचित्रकर्मीलाई
सहयोग गरेकी छिन् । चलचित्र विकास बोर्ड अन्र्तगतको ‘चलचित्रकर्मी कल्याणकारी
कोष’मा उनले नगद १ लाख सहयोग गरेकी हुन् । रीमा र उनका पति रोवर्ट विश्वकर्माले
कल्याणकारी कोषकी संयोजक झरना थापालाई नगद १ लाख हस्तान्तरण गरेका हुन् ।
उनले झरना थापाको हातमा सहयोग थम्याउनुको पछाडि उनीबाट प्रभावित पनि भएको
बताइन् । ‘बिहेपछि नायिकाहरु यो क्षेत्रबाट हराउने गर्छन्, तर झरना दिदी बिहेपछि यो
क्षेत्रमा जम्नु भयो । म उहाँबाट अत्यन्त प्रभावित छु’, रीमाले भनिन् । झरनाको हातमा
सहयोग राशी थम्याउनुलाई रीमाले सांकेतिक भाषामा परिभाषित गरिन् ।
उनले चलचित्र क्षेत्रमा लामो समयसम्म लागेपनि चलचित्रकर्मीले काम गर्न नसक्ने भएपछि
दुख पाउने गरेको सुनाइन् । रीमाले भनिन्-‘आज अरुलाई पर्दा मैले सहयोग गरेकी छु । भोली
मलाई पर्दा पनि चलचित्रकर्मीले नै सहयोग गरुन् भन्ने इच्छा छ ।’
नायिका झरना थापाले कल्याणकारी कोषमा ३ करोड ४ लाख रहेको भन्दै आफ्नो लक्ष्य
५ करोड पुर्याउनु रहेको बताइन् । उनले भोली आफूलाई पनि दुख पर्न सक्छ भन्ने सोच राखेर
सबै चलचित्रकर्मीलाई कल्याणकारी कोषमा सहयोग गर्न आग्रह गरिन् । झरनाले आफू पनि
निर्माता सुनिलकुमार थापाको मायाले यहाँसम्म पुगेको बताइन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects